लुम्बिनीखबर
पाल्पा, जेठ २२ । पश्चिम पाल्पाको प्रतियोगिता सम्पन्न गरेको छ ।

गाविसको खेलकुद समन्वय समितिले २ दिने भलिबल प्रतियोगिता बल्ढेङको चण्डीथान डाँडामा सम्पन्न गरेको खेलकुदका युवा संयोजक हरिबहादुर रायमाझी उर्फ सुमनले जानकारी दिए ।

जेठ २० र २१ गते सम्पन्न भएको प्रतियोगितामा गाविसभरीका १० भलिबल टिमले सहभागिता जनाएका थिए । जसमा वडा नम्बर ३ ‘ए’ का देवेन्द्र पुनको कप्तानीमा रहेको टिम प्रथम हुन सफल भएको थियो भने वडा नं ३ कै ‘बी’ टिमका मिलन खाम्चा मगरको कप्तानीमा रहेको टिम दोस्रो भएको आयोजकले बताएका छन् ।

वडा नम्बर ५ को नवीन खड्काको कप्तानीमा रहेको टिम तृतीय र वडा नं ८ को कृष्ण रायमाझीको कप्तानीमा रहेको टिमले सान्त्वना पुरस्कार हात पार्न सफल भएको थियो ।
रेशम रायमाझीको प्रमुख आतिथ्यतामा रहेको भलिबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु.५ हजार सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने दोस्रो हुने टिमलाई रु.३ हजार सहित मेडल र प्रमाणपत्र, तृतीय हुने टिमलाई मेडल र प्रमाणपत्र सहित रु २ हजार र सान्त्वना हुन सफल टिमलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको गाविसका सचिव हुम बहादुर कुँवरले बताए ।