logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    अत्याधुनिक लिफ्ट र पार्किङसहित धरहरा ११ तले बन्ने


    २४ जेष्ठ २०७३ , सोमबार

    अत्याधुनिक लिफ्ट र पार्किङसहित धरहरा ११ तले बन्ने

    जेठ २४
    काठमाडौं–पुरातत्व विभागका अनुसार नवनिर्मित धरहरामा अत्याधुनिक पार्किङको सुविधा हुनेछ । भावी पुस्ता तथा पर्यटकको जानकारीका लागि अत्याधुनिक र सुविधासम्पन्न संग्रहालय पनि निर्माण हुनेछ । सिडिई घिमिरेले भने, ‘धरहरामा पार्किङको सुविधा हुनेछ । म्युजियम पनि निर्माण हुनेछ । म्युजिमय अत्याधुनिक र सुविधासम्पन्न हुनेछ ।’ विभागका अनुसार नवनिर्मित धरहराको डिपिआर कन्सल्टेन्ट केजरएमआरपी जेभीले गर्दै छ । यसका लागि १५ लाख रुपैयाँ खर्च लाग्नेछ ।
    kathmandu-dharahara
    १९९० को महाभूकम्पले काठमाडौं उपत्यकाको पहिचान ११ तले धरहरालाई ठुन्क्याइदियो । त्यसपछि पुनर्निर्माण गरिँदा नौतले बन्यो । १२ वैशाख ०७२ को भूकम्पले धरहरालाई धुलोमा मिलाइदियो । १३ महिना बितिसक्दा बल्ल पुनर्निर्माणको खाका कोरिँदै गर्दा धरहरा फेरि पुरानै स्वरूपमा ११ तलाकै बनाउने तयारी हुँदै छ । तर, पुनर्निर्माणको गति भने निकै सुस्त र पट्यारलाग्दो छ ।

    १२ वैशाखको भूकम्पबाट ध्वस्त धरहरा पुरानै स्वरूप र उचाइमा निर्माण गरिने भएको छ । भूकम्पका वेला नौतले रहेको धरहरा पुनर्निर्माण गर्दा ११ तले बनाइने भएको छ भने दुई सय ४५ फिट उचाइको हुनेछ ।

    पुरातत्त्व विभागका अनुसार नवनिर्मित धरहरामा अध्याधुनिक लिफ्ट बन्नेछ । लिफ्ट प्रत्येक तलामा रोकिनेछ । धरहरा ११ तलाको बन्नेछ । यसका लागि डिटेल प्रोजेक्ट रिपोर्ट (डिपिआर) तयार गर्न विभागले ‘कन्सल्टेन्ट’लाई जिम्मा लगाइसकेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.