काठमाडौं, जेठ २८
उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा भारत प्रस्थान गरेका छन्।

दक्षिण एशियाली विश्वविद्यालयको भारतको नयाँ दिल्लीमा हुन लागेको दीक्षान्त समारोहमा सहभागी हुन परराष्ट्रमन्त्री थापा त्यसतर्फ प्रस्थान गरेका हुन्।
थापा शुक्रवार विहान ९ः५० बजे जेट एयरवेजको विमानमार्फत भारत प्रस्थान गरेको थापाका जनसम्पर्क सल्लाहकार मोहन श्रेष्ठले जानकारी दिए।
दक्षिण एशियाली विश्वविद्यालयको दीक्षान्त समारोह शनिवार नयाँ दिल्लीमा हुँदैछ। भारत भ्रमणका समयमा परराष्ट्रमन्त्री थापाले भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गर्नेछन्।
यस्तै दिल्लीस्थित अब्जर रिसर्च फाउन्डेसनले नेपालको संविधान निर्माणपछिको अवस्थाबारेमा गरेको अन्तक्रिया कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम छ।
थापा आइतबार स्वदेश फर्किने कार्यक्रम छ।