कमल रायमाझी
भैरहवा, जेठ ३० । सामाजिक क्षेत्रमा क्रियाशिल भैरहवाका युवाहरूले शनिवार लायन्स क्लब अफ सिद्धार्थनगर युथको अनावरण गरेका छन् ।

यस क्षेत्रका जागरुप युवाहरूको समुहले सामाजिक क्षेत्रमा सहयोग पुराउने उद्धेश्यले क्लवको गठन गरेको हो ।
विशेस कार्यक्रमका वीच लायन्स क्लव अफ इन्टरनेश्नल ३२५ वी टु का पास्ट डिष्ट्रिक गर्भनर एमजेएफ महेन्द्र नारायण श्रेष्ठ, अरुण प्रताप राणा, स्पोन्सर क्लव लायन्स क्लव अफ सिद्धार्थनगरका अध्यक्ष राजेश खरेलले लायन्स क्लव अफ सिद्धार्थनगर युथको अनावरण गरेको सुनिल सेन्चुरीले वताए ।

सिद्धार्थनगर लायन्सका अध्यक्ष राजेश खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सेकेन्ड ईलेक्ट डिष्ट्रिक गर्भनर सुनिल वझा, लियो क्लवका डिष्ट्रक ईलेक्ट भ्वाईस प्रसिडेन्ट सार्दुल मयुर कसौधन, लायन्स क्लवका रिजन कोडिनेटर महेश चन्द्र थापा, क्वलका पुर्व अध्यक्ष दीपक क्षेत्री न्यौपाने, प्रेम कुमार सेन्चुरीले कार्यक्रममा आफ्ना मन्तव्य राखेको थिए ।
लियो क्लब अफ सिद्धार्थनगरका पूर्व अध्यक्ष अर्चित श्रेष्ठ को अध्यक्षतामा स्थापना भएको क्लवमा प्रथम उपाध्यक्ष गोपाल ज्ञवाली, दोस्रो उपाध्यक्ष अभिनास कसौधन, तृतिय उपाध्यक्ष असिम सैजु, सचिप धिरज मल्लीक, कोषाध्यक्ष अनित गुप्ता रहेका छन् । सामाजिक उत्तरदायित्व प्रति सर्मपित नया क्लवमा ३५ सदस्यीय कार्यसमति रहेका छन् ।
क्लबका जनसम्पर्क अधिकारी सुनिल सेन्चुरीको संयोजक तथा रमेश घिमिरे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।