कमल रायमाझी
भैरहवा,जेठ ३० । जिल्ला तेक्वान्दोको आयोजना भएको डोर टु डोर तेक्वान्दो प्रतियोगित शनिवार समापन गरिएको छ ।
समापन कार्यक्रममा विभिन्न उमेर समुहबाट विजेता हुन सफल ७२ जना खेलाडिहरुलाई मेडल र प्रमाणपत्र वाट सम्मान गरिएको थियो ।

कार्यक्रममा १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा कास्य पदक विजेता खेलाडी सुनिल पौडेललाई समेत नगद रु. ५० हजार र सम्मानप्रत्र द्धारा जिल्ला खेलकुद परिषद रुपन्देहीले सम्मान गरेको छ । पौडेल गत माघ–फागुनमा भारतमा सम्पन्न प्रतियोगीतामा विजेता भएका थिए ।
जिल्ला तेक्वान्दो कार्यसमिति रुपन्देहीका अध्यक्ष प्रकाशमान राजभण्डारिको अध्यक्षतामा सम्पन्न कार्यक्रममका रुपन्देही जिल्ला खेलकुद विकास समीतिका अध्यक्ष योग गुरुङ्गको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य कोशिश बहादुर खड्का, जिल्ला खेलकुद विकास समिति रुपन्देहीका कार्यलय प्रमुख संगम सिंह थापा, सिद्धार्थ तेक्वान्दो विकास समितिका संस्थापक अध्यक्ष संजय बजिमय, नेपाल गणतान्त्रीक खेलकुद संघका सल्लाहकार गोपालमान राजभण्डारी, जिल्ला तेक्वान्दो कार्यसमितिका निवर्तमान अध्यक्ष परागदास गोर्खाली, जिल्ला खेलकुद विकास समितिी रुपन्देहीकी सदस्य उमा अधिकारी, मदन भण्डारी स्पोट्स एकेडमी सिद्धार्थनगरका अध्यक्ष सन्तोषमान राजभण्डारी, बुद्धिजिवि उदयकुमार मल्लीक, रमेश कुवर, हिरालाल कहाँर आदीको उपस्थित रहेको थियो ।