logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    मध्य र सुदूरमा लुम्बिनी प्रेस क्लब


    ३२ जेष्ठ २०७३ , मंगलबार

    मध्य र सुदूरमा लुम्बिनी प्रेस क्लब

    लुम्बिनीखवर
    भैरहवा, जेठ  । महामानव गौतम बुद्धको जन्मस्थान लुम्बिनीको पर्यटन पवद्र्धनका लागी लुम्बिनी प्रेस क्लबले प्रस्तावित ६ नम्वर प्रदेशको राजधानी सुर्खेत र प्रदेश नम्बर ७ को चिसापानी लगायतका क्षेत्रमा पुगेर अन्तरक्रिया तथा भेटघाट भ्रमण गरेको छ ।
    भैरहवा क्षेत्रमा क्रियाशिल विभिन्न संघ सस्थाका प्रतिनिधि,पत्रकार र पर्यटन व्यवसायीहरुको समुहले जेठ २५ देखी २८ सम्म उक्त क्षेत्रमा पुगेर लुम्बिनी  संग सुर्खेत तथा प्रदेश नम्बर ६ र ७ कसरी जोड्न सकिन्छ भन्ने विषयमा छलफल तथा अन्तरक्रिया गरेका थिए ।
    अन्तरक्रियामा पर्यटनका साथै सञ्चारक्ष्ँेत्रको सम्बन्ध सुर्खेत स्थापित गर्नमा समेत लुम्बिनी क्षेत्रका पत्रकार र सुर्खेतका पत्रकारहरु बिच समेत छलफल भएको थियो । नेपालमै सुरक्षित औद्योगिकीकरण हुदै गईरहेको भैरहवामा सुर्खेतमा रहेको उद्योगी व्यापारीहरुको सहभागिता र जडिबुटीको सम्भावना बोकेको सुर्खेतलाई आधुनिक जडिबुटी प्रशोधन केन्द्र बनाउने विषयमा समेत दुईक्षेत्रका व्यापारीहरु बीच कुराकानी भएको थियो ।

    IMG_5872
    विकास निर्माणमा सुस्त गतिले गर्दा व्यवसायी पर्यटनको विकास र उद्योग तथा आधुनिकीकरणमा पछाडी परेको सुर्खेतलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो ।

    सुर्खेतमा सञ्चालन हुदै गरेको मध्य पश्चिमाञ्चल विश्वविद्यालय र लुम्बिनीमा रहेको लुम्बिनी विश्वविद्यालयका माध्यमबाट समेत यी दुई क्षेत्रलाई जोड्न आवश्यक रहेको कार्यक्रममा सहभागी बुद्धिजीविहरुले सुझाव दिएका थिए ।
    विशेषतः  लुम्बिनी सँगको सुर्खेतको सम्बन्ध कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेको अन्तरक्रियामा बुद्ध र लुम्बिनी संग सम्बन्धित क्षेत्रको खोज तथा विकासमा अग्रसरता देखाउन सुर्खेतवासीहरु लाग्नु पर्ने निचोड कार्यक्रममा सहभागीहरुको थियो ।
    चौधौ शताब्दीमा निर्माण भै भत्किएको काँक्रेविहारको संरक्षण र पर्यटन पुर्वाधारको विकास गरि लुम्बिनी सँग काक्रेविहार क्षेत्रलाई जोड्न सकिने समेत कार्यक्रममा सहभागीहरुले छलफल चलाएको थिए ।

    कार्यक्रममा पर्यटनक्षेत्रको विकासमा लुम्बिनी सर्किट सँग प्रदेश नम्वर ६ र ७ मा रहेको पर्यटकिय क्षेत्रहरु, सुर्खेतको काँक्रेविहार, बुलबुले ताल, मुगुको रारा ताल, बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, कर्णालीको पुल, रारा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा वन्यजन्तु आरक्ष, स्वर्गद्वारी जस्ता धार्मिक तथा प्राकृतिक महत्वपुर्ण क्षेत्रमा पर्यटकहरुलाई प्याकेज बनाएर घुमाउनु  पर्ने समेत कार्यक्रममा सहभागीहरुले बताएका थिए ।

    सुर्खेतमा भएको कार्यक्रममा बौल्दै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कोइरालाले लुम्विनी देखि सुर्खेत हुंदै प्रदेश नम्वर ६ र ७  मा रहेका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरुलाई जोड्न सके लुम्विनी आउने लाखौं पर्यटकलाई पश्चिम नेपालमै भुलाउन सकिने बताए । उनले लुम्विनी देखि पश्चिमसम्म पाइला पाइलामा पर्यटकीय स्थलहरु रहेकाले लुम्विनी आउने पर्यटकलाई पश्चितर्फ मोडनु पर्ने योजना अघि सार्नुपर्ने धारणा समेत राखेका थिए ।
    मध्यपश्चिम  विश्वविद्यालयका  रजिष्ट्रार महेन्द्र मल्लले लुम्विनीको पर्यटनका सम्भावनासंग जोड्न सके पछाडी परेको मध्य र सुदुर क्षेत्र  छिट्टै माथि उठ्ने धारणा अन्तरक्रिया कार्यक्रममा राखेका थिए ।
    सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले  लुम्बिनी सँग सुर्खेत जोड्नका लागी सुर्खेतमा रहेको काँक्रेविहार र बुलबुले तालको विकास र प्रचार प्रसार आवश्यक रहेको वताए ।
    उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष प्रकाश अधिकारीले सुर्खेतले भैरहवा क्षेत्रमा रहेका उद्योगहरुमा आफ्नो पनि लगानी गर्न चाहेको र सुर्खेतलाई समेत जडिबुटीको प्रशोधन शहरमा विकास गर्न चाहेको बताएका थिए ।

    सुर्खेत उपत्यका विकास समितिका अध्यक्ष धु्रव चापागाईले सुर्खेतका पर्यटकीय क्षेत्रहरुलाई जोडेर लुम्बिनीको गुरुयोजना बनाउनुपर्ने धारणा राखेका थिए ।  कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका सुचना अधिकृत हरिध्वज राइले पर्यटन प्रबद्र्धनका लागि पर्यटकहरुलाई आर्कषण गराउने पर्यटकीय स्थलहरुको प्रचारप्रसार गर्न र विकास गर्न आवश्यक रहेको बताए ।

    लुम्विनी क्षेत्र पर्यटन प्रबद्र्धन विकास समितिका अध्यक्ष तुलसी चौधरीले काँक्रेविहारको पर्यटन प्रबद्र्धनका लागि लुम्बिनीदेखि सुर्खेतसम्मका भौतिक पूर्वाधारहरुको विकास जरुरी रहेको बताए ।  सिद्धार्थनगर उद्योग वाणिज्य संघका कार्यवाहक उपाध्यक्ष डा.शान्तकुमार शर्माले लुम्बिनीबाट सुर्खेत हुंदै रारा तालसम्म पुग्ने रुटको विकास गर्न सके यस क्षेत्रको पर्यटन विकासले गति लिने धारणा राखेका थिए ।

    नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष दीपक बुढाले सुर्खेतको पर्यटन विकासका लागि पत्रकारहरुले सकारात्मक समाचार सम्प्रेषण गर्न जरुरी रहेको बताएका थिए ।
    लुम्बिनी निर्माण व्यवसायी संघका अध्यक्ष टोप बहादुर रायमाझीले पर्यटन विकासमा स्थानिय स्तरको विकास निर्माणले ठुलो टेवा पु¥याउने भन्दै निर्माण व्यवसायीहरु विकास निर्माण गर्न आतुर रहेको तर सरकारले ध्यान केन्द्रित गर्न नसकेको बताए । लुम्बिनी प्रेश क्लबका अध्यक्ष माधव ढुङगानाको नेतृत्वमा भैरहवाबाट सुर्खेत लगायत क्षेत्रको अध्ययन, अवलोकन र पर्यटन विकास का लागी गरिएको भ्रमणमा स्थानिय सबै क्षेत्रका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

    जिल्ला विकास समिति रुपन्देहीका अधिकृत उपेन्द्र ज्ञवाली र प्राध्यापक भरतराज पोखरेल, सिद्धार्थ टुर एण्ड ट्राभल एशोसिएसनका अध्यक्ष सागर अधिकारी, लुम्बिनीका पर्यटन व्यवसायी गोविन्द ज्ञवाली, होटल व्यवसायी  मिथुनमान श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य पदम वहादुर शाही, लुम्बिनी निर्माण व्यवसायी संघका अध्यक्ष टोप बहादुर रायमाझी, सिद्धार्थनगर नगरपालिकाका सूचना अधिकृत देव ज्ञवाली लगायतको भ्रमण टोलीमा सहभागी रहेको थियो ।
    चिसापानीमा टोली
    प्रदेश नम्वर ७ को  प्रवेशद्वार कर्णाली नदीको छेऊमा रहेको पर्यटकीय गन्तव्य चिसापानीमा लुम्बिनीको पर्यटन प्रवद्र्धन सम्बन्धी छलफल आयोजना गरेको क्लबले त्यस क्षेत्रको पर्यटकीय गन्तव्यलाई लुम्बिनी संग जोडन  योजनाबद्ध विकास आवश्यक रहेको जनाएको छ ।
    चिसापानीमा आयोजित वृहत अन्तरक्रिया कार्यक्रममा कैलाली होटल व्यवसायी संघका कोषाध्यक्ष लक्ष्मी प्रसाद देवकोटाले चिसापानी आउने पर्यटकलाई लुम्बिनी जाने र लुम्बिनी आउने पर्यटकलाई चिसापानी जाने गरी दोहोरो व्यवस्थापन सहित प्रचार प्रसार गरेमा पर्यटन क्षेत्रले नेपालको आर्थिक विकसामा ठुलो सहयोग पु¥याउने बताए । कोषाध्यक्ष देवकोटाले राज्यले चिसापानी क्षेत्रको विकासमा ध्यान नपु¥याएको जनाउदै यहाँका पर्यटन सम्भावनाहरु ओझेलमा परेको बताए । कर्णाली सरसफाई तथा उपभोक्ता मञ्चका अध्यक्ष लभदेव भट्टले चिसापानी देखी राजकाँडा सम्म पदमार्ग खोल्न पहल गरिएको जनाउँदै अहिले सम्म कर्णाली नदी र पुल मात्रै चिसापानीको पर्यटकीय आर्कषण भएको जनाए ।

    IMG_6022

    होटल व्यवसायी पदम भण्डारीले कर्णाली नदीमा पर्यटक घुमाउन डुङगा, एक पिल्लरे नमूना पुल, कर्णालीको माछा, स्थानिय उत्पादनको खानाका परिकारले स्वदेशी तथा विदेशी पर्यटकको केन्द्र विन्दु हुनसक्ने भएपनि प्रयाप्त प्रचार प्रसारको कमी रहेको बताए ।
    लुम्बिनी प्रेस क्लबका अध्यक्ष माधव ढुंगानाले स्थानिय उत्पादन र संस्कृति तथा प्रकृति प्रदत्त क्षेत्रलाई संरक्षण सम्वद्र्धन र प्रवद्र्धन गर्दै अगाडी बढ्नुपर्ने भन्दै स्थानियलाई निरन्तर पर्यटन विकासमा अगाडी बढ्न आवश्यक रहेको वताए  । अध्यक्ष ढुंगानाले ऐतिहासिक, सास्कृतिक महत्व बोकेको  लुम्बिनीलाई सुदुर पश्चिमको पर्यटकीय गन्तव्यसँग जोड्न प्रेस क्लबले शुरुवात गरेको बताए ।

    प्रेस क्लबका महासचिब नरेश के.सी.को सन्चालन तथा उपाध्यक्ष मनोरन्जन शर्माको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी प्रेस क्लबका सचिव शारदा मल्ल, कोषाध्यक्ष सम्झना शर्मा, सदस्यहरु दिपेश पछाई, कमल रायमाझी, श्याम शंकर पाण्डे, राधेश्याम विश्वकर्मा,शंकर पाण्डेको सहभागिता  रहेको थियो ।

    भ्रमण टोलीमा पत्रकारहरु भुवन पाण्डे, प्रदिप आर्चाय, माधव न्यौपाने, विष्णु  भट्टराई, रविन्द्र गुप्ता, प्रकास न्यौपाने, शिव भुसाल, कन्हई यादव, प्रल्हाद यादव,  विरेन्द्र मिश्र, विन्दु चौहान, सरिना मरासिनी लगायतको सहभागी रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.