logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    भारतीय सहयोगमा निर्मित प्रतिमान निमा व्यवसायीक प्रतिष्ठानको उद्घाटन


    १ असार २०७३ , बुधबार

    भारतीय सहयोगमा निर्मित प्रतिमान निमा व्यवसायीक प्रतिष्ठानको उद्घाटन

    नरेश के.सी.
    भैरहवा, जेठ  । भारतीय सरकारको आर्थिक सहयोगमा निर्मित प्रतिमान नीमा मेमोरियल हेल्थ इन्सीच्युटको भवनको एक कार्यक्रमकाबीच मंगलबार उद्घाटन भएको छ ।

    minister Bohara & Indian Ambassdor Ray (4)
    भारत सरकारबाट प्राप्त ३ करोड ७५ लाख ६२ हजार ८ सय ७१ रुपैयाँको लागतमा निर्मित उक्त भवनको नेपाल सरकारका श्रम तथा रोजगार मन्त्री दीपक बोहरा र नेपालका लागी भारतीय राजदूत रन्जीत रे ले संयुक्त रुपमा गरेका हुन् ।

    minister Bohara & Indian Ambassdor Ray (2)
    २२ कोठा भएको २ तल्ले हल सहितको भवनमा ६ वटा कक्षा कोठा, ३ शिक्षक कोठा, ३ प्रशासन कोठा, ६ वटा प्रयोगशाला कोठा, १ लाइबेरी र ३ वटा अन्य कोठा रहेका छन् । ११ हजार ४ सय ७२ दशमलब ७५ वर्गमिटर क्षेत्रफलमा फैलिएको उक्त भवन राष्ट्रिय भवन संहिता अनुरुप भुकम्प प्रतिरोधात्मक शैलीमा तयार गरिएको भवनमा निर्माणमा संलग्न प्राविधिकले जनाएका छन् ।

    भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बोहराले दक्ष जनशक्ति उत्पादन गर्ने प्राविधिक शिक्षालयमा सरकारले जोड दिइरहेको बताउँदैं प्रतिमान नीमा दक्ष जनशक्ति उत्पादन गर्ने व्यवसायीक प्रतिष्ठानको उद्घाटन गर्न पाउदा खुसी लागेको बताए । मन्त्री बोहराले विदेशमा जाने वा स्वदेशमा बस्ने सबै दक्ष भए मुलुक समृद्ध हुने विश्वास व्यक्त गरे ।

     

    minister Bohara & Indian Ambassdor Ray (3)
    सोही अवसरमा नेपालकालागी भारतीय राजदूत रन्जीत रे ले भारतीय सरकार नेपालको आर्थिक समृद्धिकोलागी सधै हातेमालो गर्न तयार भएको बताए । राजदुत रे ले भारतले नेपालमा विकासको राजनितीको अपेक्षा गरेको पनि बताए ।
    प्रतिमान नीमा मेमोरियल हेल्थ इन्सीच्युटका संरक्षक डा. आलोक बोहराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सांसदह अब्दुल रज्जाक, इस्तियाक अहमद खा र रुपन्देहीका विभिन्न कार्यलय, संघसंस्था र राजनैतिक दलका प्रमुखको सहभागीता रहेको थियो ।
    सो इन्सीच्युटमा हाल ल्याब टेक्नीसियन र एसीसटेन्टको अध्ययन अध्यापन भइरहेकोछ । अबको शैक्षिक सत्रदेखी फार्मेसी, फरेस्टी र रेडियोग्राफीको पनि पढाइ शुरु हुने इन्सीच्युटका प्रबन्ध निर्देशक धर्मबहादुर के.सीले जनाए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.