logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    विप्लव माओवादीदेखि ऋषि धमलासम्म २२ संगठनलाई ४० लाखको हुण्डी


    १ असार २०७३ , बुधबार

    विप्लव माओवादीदेखि ऋषि धमलासम्म २२ संगठनलाई ४० लाखको हुण्डी

    असार, काठमाण्डौ । सरकारले आर्थिक वर्षको अन्त्यमा पत्रकार एवं सञ्चार क्षेत्रसँग सम्बन्धित २२ वटा संघ संस्थालाई आर्थिक अनुदान दिएको छ । हरेक वर्ष सञ्चार मन्त्रालयमार्फत बाँडिने अनुदान रकम यस वर्ष केही बढाइएको अर्थ मन्त्रालयबाट अनलाइनखबरले प्राप्त गरेको सूचिमा उल्लेख छ ।

    money ex
    विगतमा ज्ञानेन्द्रको शासनकालका साथै लोकतान्त्रिक सरकारका पालामा पनि पत्रकारका नाममा खोलिएका संस्थालाई सरकारी ढुकुटीबाट रकम वितरण गर्ने परम्पराले निरन्तरता पाएको छ । सरकारले यसरी बाँड्ने गरेको रकमलाई शाही शासनका बेलामा हण्डीको संज्ञा दिने गरिन्थ्यो ।

    यस वर्ष सञ्चार संस्थाहरुको माग बढेको भन्दै सञ्चार मन्त्रालयले थप रकम माग गरेको अर्थ मन्त्रालयका एक अधिकारीले अनलाइनखबरलाई बताए । सरकारले नयाँ सञ्चार नीति ल्याउने बताइरहे पनि सरकारी कोषको रकम बाँड्ने प्रचलन केपी ओली नेतृत्वको सरकारले पनि यथावत राखेको छ ।

    कसले कति पाए ?

    अर्थमन्त्रालय स्रोतका अनुसार यस वर्ष बाँडिएको ४० लाख रुपैयाँमध्ये सबैभन्दा बढी नेपाल पत्रकार महासंघले पाएको छ । महासंघ एक्लैले १५ लाख रुपैयाँ पाएको छ ।

    त्यस्तै नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालले ४ लाख रुपैयाँ पाएको छ । तीन प्रमुख पार्टी सम्बद्ध पत्रकार संगठनहरुले बराबरी रकम पाएका छन् । एमाले निकट प्रेस चौतारीले दुईलाख रुपैयाँ पाएको छ भने कांग्रेस निकट प्रेस युनियन र माओवादी निकट क्रान्तिकारी पत्रकार संघ (अब प्रेस सेन्टर)ले पनि दुई(दुई लाख रुपैयाँ सरकारी अनुदान पाएका छन् ।

    ऋषि धमलाको एकल वर्चश्व रहेको रिपोर्टस क्लबले पनि सरकारी कोषबाट २ लाख रुपैयाँ पाएको छ । विगतमा पनि यी संस्थाहरुले यति नै रकम पाउने गरेका थिए ।

    यसवर्ष आदिवासी जनजाति मन्त्री शेरधन राई भएको मौकामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघले डेढ लाख रुपैयाँ सरकारबाट पाएको छ । मोहन वैद्य निकट क्रान्तिकारी पत्रकार महासंघलाई डेढ लाख अनुदान सरकारले छुट्याएको छ । तर, सो रकम बैद्य पक्षले पाउने कि बादल पक्षले पाउने भन्ने विवाद मन्त्रालयसम्म पुगेको छ ।

    वैद्य निकट महासंघका अध्यक्ष कुमार शाह बैद्यसँगै भए पनि बहुमत बादलसँगै एकता प्रक्रियामा सहभागी भएकाले विवाद भएको स्रोतले जनाएको छ । तर, वादल पक्ष सम्मिलित प्रेस सेन्टरले २ लाख पाइसकेको छ ।

    त्यसैगरी क्रान्ति र सशस्त्र संघर्षको कुरा गर्ने विप्लव माओवादी निकट क्रान्तिकारी पत्रकार संगठनलाई सरकारले ५० हजार रुपैयाँ दिएको छ ।

    राजेश अहिराज नेतृत्वको मधेस मिडिया हाउसले १ लाख रुपैयाँ पाएको छ भने मधेसी पत्रकार समाजले ५० हजार पाएको छन् । त्यस्तै मधेस मिडिया मिसनले २५ हजार रुपैयाँ सरकारी अनुदान पाएका छन् ।

    त्यस्तै लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाज र साहित्यिक पत्रकार संघले एक(एक लाख रुपैयाँ पाएका छन् । सामुदायिक रेडियो प्रसारक संघले ७५ हजार रुपैयाँ पाएको छ ।

    त्यस्तै संसदीय मामिला पत्रकार समाज, क्रियाशील पत्रकार महिला, नेशनल युनियन अफ जर्ना्लिष्ट र सम्पादक समाजले ५०(५० हजार रुपैयाँ पाएका छन् ।

    यसपटक स्थानीय विकास पत्रकार समाज, विकास पत्रकार मञ्च, सञ्चार प्रतिष्ठान र दैनिक पत्रिका सञ्जालले कम्तिमा २५ हजारको दरले सरकारी अनुदान प्राप्त गरेका छन् ।

    अनुदान रकमको  निर्णय भए पनि यस वर्ष पैसा लिनका लागि ती संस्थाहरुले धेरै प्रकारका कागजपत्र पेश गर्नुपर्ने भएकाले अझै रकम लैजान सकेका छैनन् ।

    विगतमा संस्थाको नाममा पैसा दिने भए पनि यसपटक भ्याट दर्ता, लेखा परीक्षण, संस्था नवीकरण लगायतका धेरै कागजात मागेर झण्झटिलो बनाइएको अनुदान पाउने एक संस्थाका प्रमुखले अनलाइनखबरलाई बताए ।

    स्रोतका अनुसार यस वर्ष अर्थ मन्त्रालयले पत्रकारसम्वद्ध संस्थाहरुलाई वाषिर्क बजेट नै व्यवस्था गर्न लागेको छ । जसअनुसार पत्रकार महासंघलाई ३० लाख भन्दा बढी रकम विनियोजन गरिएको छ

    सञ्चारसम्व्द्ध संस्थाहरुलाई अनुदान दिने प्रचलन लामो समयदेखि कायम रहेको छ । कुनै पनि मन्त्रीले पनि यो प्रचलन हटाउँदा पत्रकारहरु बिरोधमा जाने डरले कायमै राख्ने गरेका छन् ।

    स्रोतका अनुसार यस वर्ष अर्थ मन्त्रालयले पत्रकारसम्वद्ध संस्थाहरुलाई वाषिर्क बजेट नै व्यवस्था गर्न लागेको छ । जसअनुसार पत्रकार महासंघलाई ३० लाख भन्दा बढी रकम विनियोजन गरिएको छ ।

    त्यस्तै प्रेस चौतारी, क्रान्तिकारी पत्रकार संघ, प्रेस युनियन, रिपोर्टस क्लब, मधेसी पत्रकार समाज, मधेसी पत्रकार संघ, सामुदायिक रेडियो प्रसारक संघजस्ता संस्थालाई कम्तिमा २० देखि ३० लाख रुपैयाँसम्म बजेट विनियोजन गरिएको र सो रकम खर्च गर्नका लागि ती संस्थाले वाषिर्क कार्यक्रम पेश गर्नुपर्ने अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

    यद्यपि सरकारले अनलाइन पत्रकार संघलाई भने रकम छुट्याएको छैन । अनलाइन पत्रकारहरुले सरकारी अनुदानको विरोध गर्दै आएका छन् ।

    हेनुहोस् सरकारी पैसा पाउनेहरुको सूची

    १. नेपाल पत्रकार महासंघ – १५ लाख
    २. नेपाली छापा माध्यम राष्ट्रिय सञ्जाल – ४ लाख
    ३. ऋषि धमला (रिपोर्टस क्लब) – २ लाख
    ३. प्रेस चौतारी  – २ लाख
    ४. प्रेस युनियन – २ लाख
    ५. क्रान्तिकारी पत्रकार संघ ( प्रेस सेन्टर) – २ लाख
    ६. आदिवासी जनजाति पत्रकार महासंघ – १ लाख ५० हजार
    ७. क्रान्तिकारी पत्रकार महासंघ (वैद्य वा बादल) – १ लाख ५० हजार
    ८.मधेस मिडिया हाउस – १ लाख
    ९.लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाज( १ लाख
    १०.साहित्यिक पत्रकार संघ( १ लाख
    ११.सामुदायिक रेडियो प्रसारक संघ – ७५ हजार
    १२. क्रान्तिकारी पत्रकार संगठन(विप्लव)( ५० हजार
    १३. मधेसी पत्रकार समाज – ५० हजार
    १४. संसदीय मामिला पत्रकार समाज( ५० हजार
    १५. क्रियाशील पत्रकार महिला( ५० हजार
    १६ नेशनल युनियन अफ जर्ना्लिष्ट( ५० हजार
    १७. सम्पादक समाज – ५० हजार
    १८. मधेस मिडिया मिसन – २५ हजार
    १९. स्थानीय विकास पत्रकार समाज( २५ हजार
    २०. विकास पत्रकार मञ्च( २५ हजार
    २१.सञ्चार प्रतिष्ठान( २५ हजार
    २२.दैनिक पत्रिका सञ्जाल( २५ हजार

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.