दाङ, असार २– दाङमा बस दुर्घटना हुँदा १९ जना घाईते भएका छन् । दाङको तुलसीपुर–६ रजौराको लक्ष्मीनाराण मन्दिर नजिकै बिहीबार बस दुर्घटना भएको हो ।
दाङको दमारगाउँबाट तुलसीपुर तर्फ जाँदै गरेको रा १ ख ४९४ नम्बरको बसले विपरित दिशावाट आउँदै गरेको एउटा जिपलाई साईड दिने क्रममा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।
दुर्घटनामा परि घाईते भएकाहरु मध्ये तुलसीपुर १९ की ३५ वर्षे मालता रावत, तुलसीुर १८ की ४२ वर्षेया लक्ष्मी परियार र श्रीगाउँ ४ पर्सडुवा की ४० वर्षेया लिला भण्डारीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ ।