भैरहवा, असार ४ ।
सरकारले एसएलसीमा यस वर्षदेखि लागू गरेको ग्रेडिङ प्रणालीमार्फत परीक्षाफल प्रकाशित गरेको छ ।
नियमिततर्फ ४ लाख ३७ हजार ३ सय ३६ र एक्जाम्टेडतर्फ १ लाख ५० हजार ८ सय २६ गरी कुल ५ लाख ८८ हजार १ सय ५२ जना विद्यार्थी एसएलसी परीक्षामा सहभागी भएका थिय । सहभागी परीक्षार्थी मध्ये ४ लाख ३२ हजार ३ सय १५ जनाले कक्षा ११ मा भर्ना हुन पाउने शिक्षा मन्त्रालयले जनाएको छ ।
नियमिततर्फ १६ हजार ४ सय ५४ जना ए प्लस ग्रेड ल्याउन सफल भएका छन् भने ४१ हजार ५ सय ७७ ए ग्रेडमा उत्तीर्ण हुन सफल भएको प्रकाशित परीक्षाफलमा देखिन्छ । ४८ हजार ६ सय ११ विद्यार्थी बी प्लस, ६३ हजार १ सय ८१ ले बी, ९४ हजार ७ सय १६ जनाले सी प्लस, १ लाख ४ हजार २ सय ७८ ले सी, ५६ हजार ७ सय ६३ ले डी प्लस, ८ हजारले डी र ११ हजारले ई ग्रेड ल्याएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले जनाएको छ ।
एक्जाम्टेडतर्फ ४ जना ए प्लस, ८ जना ए, ९४ जना बी प्लस, २ हजार ९ सय ४३ बी, २९हजार ७ सय ८० जना सी प्लस, ७५ हजार ३ सय ४० सी, ३७ हजार ९ सय ३९ डी प्लस, २ हजार ४ सय ५२ डी र २ जनाले ई ग्रेड प्राप्त गरेका छन् । डी र ई ग्रेड ल्याउने विद्यार्थीलाई साउन १४ गतेदेखि पुनः परीक्षा दिने व्यवस्था समेत गरिएको छ ।
रुपन्देहीमा यस पटकको एसएलसी परीक्षामा नियमिततर्फ १२ हजार ७ सय ७८ विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये १२ हजार २ सय १५ जना विद्यार्थीले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन् । नियमिततर्फ ६ सय २ जना ए प्लस, १७ सय ५३ जना ए, २५ सय १० बी प्लस, २ हजार ४ सय ९८ जना बी, २ हजार २ सय ६३ जना सी प्लस, १ हजार ८ सय ८३ जना सी, ७ सय ५ जना डी प्लस, ९३ जना डी, ९७ जना ई ग्रेड ल्याएको रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले बताए ।
जिल्ला शिक्षा कार्यालय रुपन्देहीले यसलाई ३.६ देखि माथि ४ जिपिए ल्याएका ६ सय २ जना, ३.२ देखि माथि ३.६ सम्म १७ सय ५३ जना,२.८ देखि माथि ३.२ सम्म २५ सय १० जना , २.४ देखि माथि २.८ सम्म २४ सय ९८ जना, २.० देखि माथि २.४ सम्म २२ सय ६३ जना १.६ देखि माथि २.० सम्म १८ सय ८३ जना,१ं.२ देखि माथि १.६ सम्म ७ सय ५ जना ,०.८ देखि माथि १.६ सम्म ९३ जना र अनग्रेड ९७ जना रहेको जिल्ला शिक्षा कार्यालय रुपन्देहीले जनाएको छ ।
एक्जाम्टेडतर्फ २१ सय ९ जना सहभागी भएकोमा ९० प्रतिशतले ११ कक्षामा पढ्न पाउने ग्रेड लिएका छन् । रुपन्देहीले अहिलेको एसएलसीमा नेपाल प्रथम हुन समेत सफल भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
रुपन्देही जिल्लाका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले जिल्लाको एसएलसी परीक्षाको स्थिति सन्तोषजनक रहेको जानकारी दिए । उनले सुनगाभा पव्लिक उच्चमावि मुर्गियाकी समिक्षा सुवेदीले जिपिए ४ ल्याएर नेपाल प्रथम भएको बताए । रुपन्देहीका अन्य स्कुलहरुको नतिजा समेत सन्तोषजनक रहेको छ । सामुदायिक विद्यालयहरुले समेत राम्रो नतिजा ल्याएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
सामुदायिक विद्यालय तर्फ मणिग्रामको शान्ति नमुना उच्चमाविवाट रसिद विक्रम राणा,लक्ष्मण शर्मा, प्रजा तिवारी, र समातुन ले ३.८५ जिपिए ल्याएर पास भएका छन् । कान्ती उच्चमावीमा समेत ७ जनाले ए प्लस लिएर पास भएको प्रकाशित परीक्षाफलमा देखिन्छ ।
भैरहवाको लिलाराम उच्चमावि वाट १०० जना विद्यार्थीहरु परीक्षामा सहभागी भएकोमा १ जना ज्याउल हकले ए प्लस, २ जना ए ग्रेड मा, वि प्लसमा २९ जना गरि जम्मा ९९ जनाले कक्षा ११ मा भर्ना हुन पाउने स्कुलका सहायक प्रधानाध्यापक रुप कुमार रायमाझीले जानकारी दिए ।
भैरहवा नमुना उच्चमावि वाट ३२ जना एसएलसी परीक्षामा सहभागी भएकोमा १९ जनाले कक्षा ११ मा पढन पाउने उक्त स्कुलका निमित्त प्रधानाध्यापक चुन्नप्रसाद पाण्डेले बताए ।
सु.सस्कृतमावि वाट ३७ जना विद्यार्थी एसएलसी परीक्षामा सहभागी भएकोमा ए ग्रेडमा २ जना, वि प्लसमा ३ जना ,वि मा ९ जना र ग्रेड सीमा १ जना पास भएको स्कुलमा प्रधानाध्यापक रविन्द्र यादवले बताए । त्यस्तै भैरहवा क्षेत्रका संस्थागत विद्यालयतर्फ काशी नोबल एकेडेमी भैरहवाका विद्यार्थीहरु सगुन प्रताप बस्नेत र आकाश साहनी भैरहवा प्रथम भएको दाबी गर्दै स्कुलका सहायक प्रिन्सिपल श्री वहादुर रायमाझीले ७९ जना विद्यार्थी एसएलसीमा सहभागी भएकोमा ९ जना ए प्लस,२३ जना ए, १६ जना वि प्लस र ३० जनाले वि ग्रेडमा पास गरेको जनाए ।
युनिभर्सल पव्लिक हाई स्कुल भैरहवाका २८ विद्यार्थीहरुले एसएलसीमा सहभागी जनाएकोमा १ जना ए प्लस, ९ जना ए, १० जना बी प्लस र ८ जना बी ग्रेड ल्याएर पास भएको स्कुलका प्रिन्सिपल चन्द्र प्रकाश न्यौपानेले जनाए । न्यू मुन एकेडेमी पड्सरीको १६ जना विद्यार्थी एसएलसीमा सहभागी भएकोमा ए प्लसमा १ जना, ए ४ जना, वि प्लसमा २ जना र वि ग्रेडमा ९ जना विद्यार्थी पास भएको स्कुलका प्रिन्सिपल प्रेम पौडेलले जानकारी दिए ।
सिवि पव्लिक हाई स्कुलको १५ जना विद्यार्थी एसएलसीमा सहभागी भएकोमा ए ग्रेडमा ३ जना, वि प्लसमा ३ जना, बी मा ५ जना र सी प्लसमा ४ जना पास भएको स्कुलका प्रिन्सिपल उदय कुमार मल्लिकले जनाए । लुम्बिनी शिक्षा निकेतन ८ जना विद्यार्थी एसएलसीमा सहभागी भएकोमा वि प्लसमा १ जना , वि मा ४ जना र सि प्लसमा ३ जना पास भएको स्कुलका प्रिन्सिपल सहायक प्रिन्सिपल शक्तिधर यादवले जनाए ।
पश्चिमाञ्चल हाई स्कुलको ७८ जना विद्यार्थी एसएलसीमा सहभागी भएकोमा ए प्लसमा ८ जना, ए ग्रेडमा २७ जना, वि प्लसमा ३२ जना , वि मा ९ जना र सि प्लसमा २ जना पास भएको स्कुलका प्रिन्सिपल राजु शर्मा ढकाल जनाए । फ्युचर लाईट हाई स्कुलको १७ जना विद्यार्थी एसएलसीमा सहभागी भएकोमा वि प्लसमा ६ जना , वि मा ११ जना पास भएको स्कुलका प्रिन्सिपल गंभिर गुरुङले जनाए । आर्दश विद्या मन्दिर हाई स्कुलको २९ जना विद्यार्थी एसएलसीमा सहभागी भएकोमा ए ग्रेडमा ६ जना, वि प्लसमा १४ जना र वि मा ९ जना पास भएको स्कुलका प्रिन्सिपल निर्मला पन्थीले जनाइन् ।
साइग्लोवल हाई स्कुलको ५६ जना विद्यार्थी एसएलसीमा सहभागी भएकोमा ए प्लसमा ४ जना ए ग्रेडमा ११ जना, वि प्लसमा १६ जना , वि मा १३ जना र सि प्लसमा १२ जना पास भएको स्कुलका प्रिन्सिपल सुशिल ढकालले जनाए ।
बृस्पती हाई स्कुलको ५६ जना विद्यार्थी एसएलसीमा सहभागी भएकोमा ए ग्रेडमा १३ जना, , वि मा ३७ जना र सि मा ६ जना पास भएको स्कुलका प्रिन्सिपल युवराज उपाध्याय जनाए ।
जेसिज हाई स्कुल वाट ९५ जना विद्यार्थी एसएलसीमा सहभागी भएकोमा ए प्लस १६ जना, ए ग्रेडमा ११ जना, वि प्लसमा ३० जना , वि मा २० जना र सि प्लसमा १८ जना पास भएको स्कुलका प्रिन्सिपल हिरा गुरुङले जनाए । मिर्नवा हाई स्कुल वाट ४१ जना विद्यार्थी एसएलसीमा सहभागी भएकोमा ए प्लस १ जना, ए ग्रेडमा १७ जना, वि प्लसमा ९ जना , वि मा १२ जना र सि प्लसमा २ जना पास भएको स्कुलका प्रिन्सिपल राजकुमार गुरुङले जनाए ।
न्यू इरा हाई स्कुल वाट ४५ जना विद्यार्थी एसएलसीमा सहभागी भएकोमा ए प्लस २ जना, ए ग्रेडमा १४ जना, वि प्लसमा २२ जना , वि मा ५ जना र सि प्लसमा २ जना पास भएको स्कुलका प्रिन्सिपल लक्ष्मण ज्ञवालीले जनाए ।