कमल रायमाझी
भैरहवा,असार । उद्योग व्यापार संगठन रुपन्देहीले नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका नवनिर्बाचित अध्यक्ष श्याम पाठकलाई एक कार्यक्रम गरी स्वागत गरेको छ ।

सोमवार भैरहवा आईपुगेको अध्यक्ष पाठकलाई संगठनले एक कार्यक्रम गरि स्वागत गर्नुका साथै उद्योग व्यापारका क्षेत्रमा पर्ने समस्याहरुका वारेमा गुनासाहरु राखेका थिए ।
कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनमा नवनिर्वाचित केन्द्रिय सदस्य मनिष कुमार जोशी र खिम वहादुर खत्रीलाई समेत स्वागत तथा वधाई यापन गरेका छ ।
माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य माधप शर्माको विशेस आथित्यतामा भएको कार्यक्रममा भैरहवा क्षेत्रका उद्योगी व्यापारी तथा सञ्चारकर्मीहरुको समेत सहभागीता रहेको थियो ।
कार्यक्रमममा उद्योग व्यापार संगठनका जिल्ला उपाध्यक्ष गिरिश त्रिपाठी, कोषाध्यक्ष सचिन रोक्का, सचिव दर्पण श्रेष्ठ, टिका राम भट्टराई, होटल व्यवसायी संघका अध्यक्ष रामचन्द्र रेग्मी, मोवाई संघका अध्यक्ष कृष्ण गुरुङ, राममिलन यादव, उद्योग व्यापार संगठन तिलोत्तका अध्यक्ष दिपक गैरे, उषा किरण गुरुङ, बाबुराम भट्टराई, लक्ष्मण भण्डारी लगाएतको उपस्थित रहेको थियो ।
उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संगठनका महासचिव अनिल ज्ञवालीले गरेका थिए ।