logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    अग्रिम दाइजो लिएर ‘डाक्टर’ फरार !


    ९ असार २०७३ , बिहिबार

    अग्रिम दाइजो लिएर ‘डाक्टर’ फरार !

    असार ९

    काठमाडौं–जनकपुरमा एक ‘डाक्टर’ विवाहअघि नै केटी पक्षबाट ६० लाख रूपैयाँ दाइजो लिएर फरार भएका छन् । जनकपुर १० मा बस्दै आएका लाल ठाकुरका छोरा डा। प्रसान्त शर्माले बिहे गर्ने निधो गरी केटी पक्षबाट दोइजोका रूपमा ६० लाख रूपैयाँ अग्रिम लिएका थिए ।

    doctor
    महोत्तरी भ्रमरपुराका मोहन शर्माले आफ्नी छोरीको विवाह महोत्तरीकै धिरापुर घर भई जनकपुर बस्दै आएका शर्मासँग गर्ने तय गरेका थिए । केटा पक्षले ६० लाख रकम मागेपछि केटी पक्षले उक्त रकम बैंकमा जम्मा गरिदिएका थिए ।

    रकम जम्मा गरिदिएको बारे केटीका भाइ सुभाष शर्माले भने,’बिहेको कुरा टुंगो लागेपछि नै हामीले ६० लाख रूपैयाँ विवाह खर्चवापत प्रशान्तको बैंक खातामा राखिदिएका हौं । बिहे हुन एक महिना पनि बाँकी छैन तर उनीहरूले सम्पर्कसमेत गरेका छैनन । हामी अफ्ठेरोमा परेका छौ ।’

    उनले प्रशान्तका बुबाले ६० लाखको ठाउँमा एक करोड रुपैयाँ केही दिनभित्रै फिर्ता दिने दुईपक्षीय सहमति गरेको जानकारी पनि दिए ।

    २०७२ माघ १७ गते केटा र केटीपक्षले यही असार १५ गते विहेको मिति समेत निर्धारण गरिसकेको थियो । तर, विवाहको समय नजिकिँदै जाँदा पनि केटा पक्षको तर्फबाट सरसामान किनमेल वा अन्य कुनै चासो नराखेपछि शर्माको परिवार चिन्तित भयो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.