logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    एसआर फुडको स्विस बुलर प्लान्ट नेपालकै ठुलो


    ११ असार २०७३ , शनिबार

    एसआर फुडको स्विस बुलर प्लान्ट नेपालकै ठुलो

    एसआर ब्राण्डका मैदा, सुजि, आटा र चोकरका उत्पादन वजारमा
    कमल रायमाझी
    भैरहवा,असार । नेपालको चर्चित व्यापारिक घराना एसआर ग्रुपले आफ्नो नया उत्पादन वजारमा ल्याएको छ ।
    ग्रुपले आफ्ना ग्राहकको चाहना अनुसार एसआर फुड्स प्राली मार्फत एसआर ब्राण्डका मैदा, सुजि, आटा र चोकरका उत्पादन वजारमा ल्याएको शुक्रवार भैरहवाको रेडसन रिसोटमा पत्रकार सम्मेलन गरि जानाकारी गराएको छ ।

    IMG_20160625_092231
    दैनिक २ सय टन उत्पादन क्षमता रहेको उद्योग स्विस बुलर प्लान्टको प्राविधी हो । जुन नेपालको सबै भन्दा ठुलो उद्योग भएको एसआर ग्रुपका अध्यक्ष सिताराम उप्रतीले पत्रकार सम्मेलनमा जानाकारी गराएका थिए ।
    बुलर प्लान्ट खाद्य उत्पादनका लागी बिश्वको १ नम्बर रहेको छ । यो टेक्नोलोजी बिश्वमा नेस्ले,पार्ले,ब्रिटानिया जस्ता उद्योगहरुले समेत प्रयोग गर्दै आएका छन् । नेपालमा बुलर प्रबिधी भित्रयाउनेमा एस.आर. फुडस पहिलो रहेको जानकारी समेत गराएको छ ।

    IMG_20160624_175910
    उद्योग पुर्ण रुपमा स्वचालित विनकोर्श सफ्टवेयर जडित रहेको ग्रुपका प्रवन्धक निर्देशक सुरज उप्रतीले जानाकारी दिए ।
    मैदा उद्योगमा यो सफ्टवेयर प्रयोग गर्ने एसआर फुडस नेपालको पहिलो उद्योग समेत भएको छ । उद्योगमा जडित सप्mटवेयर मार्फत उत्पादन क्षमता र गुणस्तर मापन गर्ने गर्दछ । लोड सेडिंगको बिकल्पका रुपमा स्वचालित जेनेरेटर जडान छ भने ईलेक्ट्रिकल इन्टरलक प्रबिधी समेत जोडिएको उद्योगले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

    अहिले उद्योगबाट उत्पादित मैदा १०,२० र ५० किलोका ब्यागहरु ,सुजी आधा किलो,१ केजि,२० केजि र ५० केजि,आटा ५ केजि,२० केजि र ५० केजि ,चक्की आटा २ केजि र ५ केजि तथा चोक्कर ४० केजिको ब्यागमा उपलब्ध रहेको उद्योगका निर्देशक सुमन भुसालले जानकारी दिए ।

    IMG_20160624_180521
    उद्योगले उत्पादन गर्ने चोक्कर गाईभैसीलाई खुवाउन तथा कुखुरा,माछा,हासको दाना बनाउन प्रयोग हुन्छ । उद्योगको उत्पादन गर्ने क्षमता प्रतिदिन २०० टन रहेको छ । यसमा चक्की आटा ५० टन र अन्य १ सय ५० टन रहेका छन् ।

    उद्योगमा चार चरणमा गहुको फोर लेयर क्लिनिंग गर्ने प्रणाली रहेकाले आम उपभोक्ताले गुणस्तरीय मैदा,आटा,सुजी प्राप्त गर्ने छन् ।
    दुई बिगाहा क्षेत्रफलमा फैलिएको उद्योगको कुल लगानी ४५ करोड रहेको छ । उद्योगले उत्पादन स्वदेश तथा विदेशमा समेत माग रहेको उद्योगको वजार शाखाले जनाएको छ । ८० जनालाई रोजगार दिएको उद्योगले आगामी दिनमा आफ्नो उत्पादनमा अझ वढाउने वताएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.