logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    डेढ वर्षदेखि बिनाअभियोग बालक थुनामा !


    १३ असार २०७३ , सोमबार

    डेढ वर्षदेखि बिनाअभियोग बालक थुनामा !

    असार ११
    काठमाडौं–यातनापीडितलाई सहयोगका लागि अन्तर्राष्ट्रिय दिवस मनाइरहेका बेला एक नाबालक भने बिनाअभियोग डेढ वर्षदेखि बन्दी गृहमा दिन काटिरहेका छन् ।

    jail
    आफूलाई कुन कसुरमा बन्दी गृहमा राखिएको हो भनेर समेत यी बालकलाई पत्तो छैन् । कपिलवस्तु तिलौराकोट १८ स्थायी घर रहेका गड्डु भनिने प्रकाश कोहार २०७१ माघ १५ गतेदेखि भक्तपुरस्थित बाल बन्दीगृहमा थुनिएका हुन् ।

    गड्डु थुनामा रहँदा १४ वर्षका थिए । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको २०७१ माघ १३ गतेको पत्रबाट जिल्ला प्रहरी कार्यालयले बालकलाई बुझेको देखिन्छ ।

    बिना अपराध थुनामा रहेपनि खोजी गर्नलाई बाबुआमाको पत्ता नलागेपछि बालकलाई थुनामुक्ति माग गर्दै अधिवक्ता पुष्पराज पौडेलले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट दिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.