पाल्पा, असार । बालवालिकाको शिक्षामा पहुच पुगोस भन्ने उद्धेश्यले पश्चिम पाल्पाको बल्ढेङगढी गाविस कार्यालयले स्थानिय स्कुलहरुमा अध्यायन गर्ने विपन्न वालवालिकाहरुका लागी आर्थिक सहयोग उपलव्ध गराएको छ ।

गाविसमा रहेका विद्यालयहरुमा अध्यायन गर्ने ६ वटा स्कुलका ९५ जना वालवालिकाहरुलाई ६० हजार रुपैया सहयोग उपलव्ध गराएको सो गाविसका सचिव हुम वहादुर कुवरले वताए ।
स्थानिय राजनितिक दल तथा समाजसेवीहरुको छलफलले विपन्न वालवालिकाहरुलाई सहयोग गर्ने निर्णय भए वमोजिम वालवालिकाहरुलाई आर्थिक सहयोग उपलव्ध गराएको बलिहाङगढी क्षेत्र बिकास समितिका उपाध्यक्ष रेशम वहादुर रायमाझीले जानाकारी दिए ।
गाविसका युवा संयोजक हरि वहादुर रायमाझीको नेतृत्वमा स्कुलमा अध्यायन गरिरहेका वालवालिकाहरुलाई सहयोग उपलव्ध गराइएको थियो ।
आर्थिक सहयोग प्राप्त भए पछि कापी कलम किन्नको लागी सहयोग भएको भन्दै विपन्न वालवालिकाका अभिभावकहरुले गाविसका सक्रिय राजनितिक दल र समाजसेवीहरु प्रति कृतज्ञता समेत ज्ञापन गरेको टिका वहादुर रास्कोटीले वताए ।