logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    कार्बाइडयुक्त भारतीय आँप बजारमा, सरकारी निकाय मौन


    १६ असार २०७३ , बिहिबार

    कार्बाइडयुक्त भारतीय आँप बजारमा, सरकारी निकाय मौन

    एजेन्सी
    कञ्चनपुरस् कञ्चनपुरका बजारमा भारतबाट ल्याइएका आँपमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने कार्बाइडको प्रयोग गरी बिक्री वितरण भइरहेको छ ।

    भारतीय व्यापारीले प्रतिबन्धित कार्बाइड हालेर पकाएको आँप बिक्रीका लागि नेपाली बजारमा पुर्याइ रहँदा समेत कारबाही हुन सकेको छैन् ।

    कार्बाइड हालेर पकाएका आँप भारतीय बजार खटिमा, बनवसा र बरेलीलगायतका ठाउँबाट व्यापारीले ट्रकमा राखेर सोझै महेन्द्रनगर, सुडा, दैजी, झलारी, गुलरिया र कैलालीको अत्तरियासम्म बिक्रीका लागि पुर्याउने गरेका छन् ।

    भारतबाट दैनिक दुई ट्रक आँप पश्चिमी सीमानाका गड्डाचौकी हुँदै नेपाल भित्रिने गरेको महेन्द्रनगर मण्डीका व्यवसायी विशाल सोनारले बताए ।

    आँप पाक्ने समयमा पनि बजारमा कार्बाइड हालेर पकाएको आँपको कारोबार निकै उच्च रहेको छ । उपभोक्तामा हानिकारक रसाइन प्रयोग गरिएको आँप खानु हुँदैन भन्ने जनचेतना नभएकै कारण खरिद गरेर लग्ने गरेको झलारीका स्थानीय बुद्धिजीवी दिलबहादुर ऐरले बताए ।

    मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने हानिकारक रसायनको प्रयोग गरिएका आँप बिक्री भइरहँदासमेत स्थानीय प्रशासनले नियन्त्रणको प्रयास नगरेको उनले भने । “बजार अनुगमनको कार्य नहुँदासमेत व्यापारीले प्रतिबन्धित रसाइन प्रयोग गरेका आँपको कारोबार गर्दै आएका छन्” उनको भनाइ छ ।

    प्लान्ट क्वारेन्टाइन कार्यालय गड्डाचौकीले समेत हानिकारक कार्बाइड हालेर पकाएका आँप रोक्नका लागि पहल नगरेको उपभोक्ताको आरोप छ ।
    ऋयििभनभ
    प्लान्ट क्वारेन्टाइन कार्यालय गड्डाचौकीले समेत हानिकारक कार्बाइड हालेर पकाएका आँप रोक्नका लागि पहल नगरेको उपभोक्ताको आरोप छ ।

    रसायन प्रयोग गरी पकाएका आँपको परीक्षण गर्ने उपकरणको अभाव र हेरेको आधारमा आँपको परीक्षण गर्नुपर्दा कुन आँप रसायन प्रयोग गरेको र नगरेको छुट्याउन गाह्रो रहेको क्वारेन्टाइनका कर्मचारीले बताएका छन् ।

    प्रचलित खाद्य ऐन २०२३ (हाल सम्म संशोधनसहित) ले कृत्रिम रसायन कार्बाइड प्रयोग गरी आँप पकाउन प्रतिबन्धित गरेको छ ।

    खाद्य ऐनअनुसार प्रतिबन्धित यस्ता रसायन प्रयोग गरी आँप बिक्री वितरण गर्ने व्यवसायीलाई रु १० हजारदेखि २५ हजार जरिवाना वा तीन वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.