logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    पत्थरी हटाउने १० घरेलु उपाय : करेलादेखि तुलसीसम्म


    १६ असार २०७३ , बिहिबार

    पत्थरी हटाउने १० घरेलु उपाय : करेलादेखि तुलसीसम्म

    आज भोलि पत्थरी रोगका कारण धेरै व्यक्ति समस्यामा छन् । यसका रोगीका संख्या बढ्दो छ । खाने कुरमा ध्यान पुर्याउने हो भने घरमै बसेर यस रोगको रोकथाम गर्न सकिन्छ । यहाँ यस रोगबाट बच्नका लागि केही घरेलु उपायहरु प्रस्तुत गरिएको छ ।
    tulsi

    १. तुलसी ः तुलसीको ५–६ पत्तालाई एक कप पानीमा उमाल्नुहोस् । यसमा एक चम्चा मह मिसाएर पिउनुहोस् ।

    २. करेला ः करेला खानुहोस् वा यसको जुस पिउनुहोस् । यसमा म्याग्नेशियम र फ्रोस्फोरस नामक तत्व हुन्छ , जसले पत्थरी कम गर्छ ।

    ३. केरा ः केरामा भिटामिन बि पाइन्छ । यसले पत्थरी हुनबाट जोगाउँछ । दैनिक आफ्नो डाइटमा ३–४ केस्रो केरा खानुहोस् वा यसको सेक पिउनुहोस् ।

    ४. ध्यूकुमारी ः ध्यूकुमारीमा भिटामिन बी ६ र पोटाशियम पर्याप्त मात्रामा पाइन्छ । दैनिक रुपमा बिहान–बिहान यसको जुस पिउनुहोस् ।

    ५. कागती पानी ः कागतीमा साइट्रिक एशिड पाइन्छ । यसले क्याल्सियमलाई पत्थरी बन्नबाट रोक्न सक्छ । पत्थरी भएको खण्डमा दैनिक २–३ ग्लास कागती पानी पिउनुस् ।

    ६. प्याज ः प्याजमा पोटाशियम र भिटामिन बी पाइन्छ , जसले पत्थरीबाट राहत दिन्छ । यसको रसमा सख्खर मिसाएर खानुहोस् । तपाईलाई राहत मिल्छ ।

    ७. मिश्री ः दुई ग्लास पानीमा आधा कप मिश्री, सुप र सुख्खा धनियाँ रातभर भिजाउनुहोस् । बिहानै यसलाई छानेर खानुहोस् । पत्थरीको समस्या कम हुन्छ ।

    ८. चेरी ः यसमा भिटामिन सि र एन्टी अक्सीडेन्टस् पर्याप्त मात्रा हुन्छ । दैनिक रुपमा चेरीको सेवन गर्नाले पत्थरीको समस्या कम भएर जान्छ ।

    ९. खरबुजा ः खरबुजामा पोटाशियम र पानी पर्याप्त मात्रामा हुन्छ । दैनिक रुपमा खरबुजा खाने वा यसको जुस पिउनाले राहत मिल्छ ।

    १०. अंगूर ः अंगूरमा पाटोशियम र पानी भरपुर मात्रामा पाइन्छ । यसलाई नियमित खानाले वा नियमित रुपमा यसको जुस पिउनाले पत्थरीको समस्या कम भएर जान्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.