logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    “नटवरलाल करदाता” को कारण कर असुलीमा चुनौती


    २१ असार २०७३ , मंगलबार

    “नटवरलाल करदाता” को कारण कर असुलीमा चुनौती

    लुम्बिनीखवर
    भैरहवा, असार । राज्यलाई राजस्व छल्ने व्यापारिका कारण लाखौ रुपैयाको राजस्व गुमगाम हुने गरेको आन्तरिक राजस्व कार्यालय भैरहवाले जनाएको छ ।

    Tax  (2)
    यसका कारण स्वइच्छाले तिर्नु पर्ने राजस्व उठाउन राजस्व कार्यालयहरु लाई समस्या समेत पर्ने गरेको देखिन्छ ।
    व्यापारीहरुको ठग प्रवृद्धीले राजस्व कार्यालयहरुले गलत व्यक्तिहरुको पहिचान गर्नमा समेत कठिनाई भएको भन्दै आन्तरिक राजस्व कार्यालय भैरहवाले यस्ता नटवरलाल (फटाहा, बद्मास, झुठ प्रवृतिका मान्छे) का व्यापारिहरुलाई खोजि गर्न सरोकारवालाहरु संग अनुरोध समेत गरेको छ ।
    पुर्वको मान्छे पश्चिम नाकाबाट कारोबार गर्ने र पश्चिमको मान्छे पुर्वी नाकाबाट कारोबार गर्ने र कर ठगीमा हदैसम्मको हतकण्डा अपनाउने गरेको प्रमाण राजस्व कार्यालयहरुमा रहे पनि कार्वाही गर्न खोज्दा मानिसको पहिचान गर्न नसकिएको राजस्व कार्यालयहरुले वताउने गरेका छन् ।
    भारतबाट आयात हुने आलु प्याज, साग सब्जी जन्य कर छुटका पदार्थको व्यवसायीक कारोबार गर्ने व्यवसायीक फर्मका नाममा करौडौं रुपैयां कर छली भएको प्रमाण छ । व्यावसायी फर्म खोज्दा भेटिदैनन् ।
    व्यवसायीहरुले कुनै गाउको सामन्य मान्छेको नाममा फर्म दर्ता गर्ने, उसैको नाममा बैंक खाता चलाउने अनि उसंग अख्तियारी लिएर कारोबार गर्ने गरेको केहि प्रमाणहरु भेटिए पनि कार्वाही गर्न सकिएको छैन ।
    यस्तो अबैध काममा भारतीय नागरिकहरु बढी रहेको राजस्व कार्यालयहरुले वताउछन् । भारतीय व्यापारीले सामन्य गरिब नेपालीलाई प्रलोभनमा पारी उसको नागरिकता प्रयोग गरी फर्म खोल्ने, स्थायी लेखा नम्बर लिने, बैंक खाता खोल्ने अनि उसलाई अलि अलि रकम दिएर पठाउने पछि उ संग बैंकको अख्तियारी लिएर करौडौंको कारोबार गर्ने तर कर नतिर्ने गरेको देखिएको छ ।

    Tax  (1)
    कारोबारको अनुमानित आय व्यय विवरण, कर नतिरेपछि आन्तरिक राजस्व कार्यलय भैरहवाले गोप्य रुपमा अनुसन्धान गर्दा जसको नाममा फर्म दर्ता भएको छ उसलाई कारोबारको बारेमा थाहै नहुने गरेको देखिन्छ ।
    फर्म दर्ता भएको व्यक्तिको सम्पर्क ठेगाना खोज्दै जादा उ सामन्य मजदुरहरु रहेका छन् आन्तरिक राजस्व कार्यालय भैरहवाले भेटायो । यसमा ठूला व्यापारीहरुले नक्कली कागजात वनाई राजस्व छलेको भेटिन्छ ।
    कार्यलयले ५३ करोड ७५ लाख ६६ लाख कारोबार गरेको शिवशक्ति गल्ला भण्डार बेलवा ८ पर्साको कारोबार रोक्का गरिदिएको छ । मनिफ राउत कुर्मिको नाममा दर्ता रहेको उक्त फर्मले आन्तरिक राजस्व कार्यलय भैरहवाबाट ६०३४३१८१८ को स्थायि लेखा नम्बर लिई कारोबार गरेको थियो । आलु प्याज सब्जीको आयत गर्ने उक्त फर्मले अहिले सम्म अनुमानित आय व्ययको विवरण र कर केही बुझाएको छैन । यसरी यति ठूलो कारोबार गर्ने फर्मले अग्रीम आयको पहिलो किस्ता , दोस्रो किस्ता र आयव्यय विवरण र कर नबुझाएकोले कारबाहि स्वरुप आयकार ऐन ९४ र ९५ अनुसार उसको कारोबार रोक्का गर्न भैरहवा भन्सार कार्यलाई पत्र काटेको आन्तरिक राजस्व कार्यलय भैरहवाका प्रमुख महाराज कोइरालाले जनाउनुभयो ।
    यसैगरी अबैध कारोबार गर्ने रामप्रवेश महतोको नाममा दर्ता रहेको श्री राधिका सब्जी स्टोर्स जगरनाथपुर पर्साको कारोबार पनि रोक्का गरिएको छ । उक्त स्टोर्सले ६०३७३५६५५ नम्बरको स्थायी लेखा नम्बर मार्फत १६ करोड ३७ लाखको कारोबार गरेको देखिन्छ । लुम्बिनी सास्कृति नगरपालिका वडा नम्बर ३ रुपन्देहीका योगेन्द्र प्रसाद तेलीको नाममा दर्ता रहेको शाहि खाद्यान्न सप्लायर्सले १० करोड ७३ लाखको अबैध कारोबार गरेको छ । स्थायी लेखा नम्बर ६०३६८५८५३ रहेको उक्त फर्मले पनि अहिले सम्म कुनै विवरण बुझाएको छैन ।
    यसैगरी बेलवा ४ पर्साका रामरतन रावतको नाममा दर्ता रहेको न्यू लक्की खाद्यान्न भण्डारले पनि भैरहवा भन्सारकै बाटो प्रयोग गरी अबैध कारोबार गरिरहेको छ । ६०३७९३६३१ स्थायी लेखा नम्बर लिई ४ करोड ६२ लाख बराबरको कारोबार गरेको उक्त फर्मको पनि आन्तरिक राजस्व कार्यलय भैरहवाले कारोबार रोक्का गरिदिएको छ । त्यसैगरी विरुवागढी ६ पर्साका चन्द्रकिसोरको नाममा दर्ता भई ६०३७३५६५५ रहेको अनमोल खाद्यान्न स्टोर्सलेको पनि कारोबार रोक्का भएको छ । सिद्धार्थनगर वडा नम्बर ६ रुपन्देहीका मोहमद अफजलको नाममा दर्ता भएको तहसिफ ट्रेडर्सले पनि अबैध कारोबार गरेकोले उसको कारोबार पनि रोक्का गरिएको छ । ६०२२७७४६२ स्थायी लेखा नम्बर लिई कारोबार गरेको उक्त फर्मले ७ करोड ८५ लाख मूल्य बराबरको कारोबार गरेता पनि कर कार्यलयमा कुनै विवरण र कर बुझाएका छैनन् ।
    पुर्वको मानिसहरुको नाममा फर्म दर्ता गरेर कारोवार गर्ने भैरहवा क्षेत्रका व्यापारीहरु समेत रहेको पाइएको छ ।
    यी ६ फर्म दर्ताको हिसाबले सामन्य नागरिकको रुपमा रहेका छन् । जसको मुख्य सन्चालक अबैध कारोबारी रहेका छन् । उनीहरुले नेपाली कर प्रणालीको फाइदा उठाउदै यस्तो गरिएको देखिन्छ । केही समय अगाडी सम्म कुनै वस्तुको आयत गर्दा अग्रीम कर लिने प्रचलन रहेता पनि नेपाल डब्लु टि ओ, साफ्टा, ग्याट जस्ता संगठनको सदस्य भएपछि यो प्राबधान हटाएको थियो । त्यसपछि अबैध कारोबारीहरु विभिन्न व्यक्तिको नाममा फर्म दर्ता गर्ने, ठूलो कारोबार गर्ने र प्रत्येक आर्थिक मसान्तको समाप्ती पछि सो फर्म बन्द गर्ने र पुनः अर्को व्यक्तिको नाममा अर्को फर्म दर्ता गरी कारोबार गर्ने कार्य गर्दछन् । ठगहरुले एक पैसा कर नतिरी वार्षिक अरबौंको कारोबार गर्ने यो नटवारलाल करदाता प्रवृति कर कार्यलयको लागी मात्रै नभएर नेपाल सरकारकै लागी चुनौतिको विषय बनेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.