करिव एक महिना अघि स्पेनस्थित एक कार्यक्रममा जाने प्रस्ताव आएको थियो । कार्यक्रमको अवसर आउँदा किन नजाने भन्ने मलाई लाग्यो । अझै साथमा अरु विधायकहरु पनि हुनुहुन्थ्यो ।
एउटा टोली गएर आइपनि सक्यो । सोही अनुसार प्रक्रिया अघि बढाइयो । कार्यक्रममकोे निमन्त्रणा पत्र सहितको मेरो मात्र निवेदन लिएर म आफै संसद सचिवालय गएको थिएं ।
त्यसपछि मेरो फाइल रोहित खड्का भन्ने व्यक्तिले लिए । त्यसपछि उनले के के गरे हामीलाई पत्तै भएन । उनी मार्फत विगतमा पनि त्यस्ता कार्यक्रममा धेरै सभासद् विदेश कार्यक्रममा गएका थिए ।
त्यसैले पनि हामी आश्वस्त र विश्वासमा थियौं । तर कसैले हाम्रो नाममा गलत नियत राखेको छ भने त्यो स्रह्य हुदैन । मैले १५ दिन भन्दा बढि समयमा पनि भिसा नआइसकेपछि एक दुई पटक रोहितलाई फोन गरे । उनले यो हप्ता आउँछ भन्ने जवाफ दिएका थिए ।
म आफ्नै कार्यक्रमहरु र संसदमा व्यस्त भइरहें । हिजो कान्तिपुरबाट फोन आयो– ‘तेन्डोप शेर्पालाइ चिन्नुहुन्छ भने । मैले चिन्दिन भने ।
मैले कार्यक्रममा जान आफु इच्छुक रहेको तर अन्य विषयमा जानकारी नभएको प्रतिक्रिया दिए ।
लगतै रोहितलाई फोन गरे, उनले आफुले १० वर्षसम्म काम गर्दा केही गलत नगरेको प्रतिक्रिया दिए । आज समाचारले आश्चर्यचकित र निकै दुखित बनाएको छ । राजनीतिप्रतिको निष्ठा र एउटा आर्दशलाई पच्छ्याउँदै थुप्रै दुखहरु सहदै आइयो । आज यस कुराले मर्माहत बनाएको छ ।
म राजनीतिमा निष्ठापूर्वक र सोझो हिसाबले लाग्दै आएको छु । यसरी गलत ठाउँमा प्रयोग गरिएला भन्ने लागेन । यो प्रक्रियामा गलत नियतले कसैले कामकारवाही अघि बढाएको छ भने राज्यले छानविन गरी कारवाही अघि बढाओस् । सोझोपनलाई राज्यको चौथो अंगले मानव तस्करी जस्तो गम्भिर आरोपमा आरोपित गर्दा मलाई दुख लागेको छ ।
राज्यले यसको सत्यतथ्य बाहिर ल्याउने नै छ । त्यतिबेलासम्म धैर्यता अपनाउन म मेरा शुभचिन्तक आफन्तजनलाई विनम्र अनुरोध गर्दछु ।
(बोगटी माओवादी केन्द्रकी विद्यायक हुन् भने आज एक दैनिकमा उनको नाम समेत जोडे मानवतस्करीमा मुछिए भन्ने समाचार प्रकाशित भएको थियो । बोगटी दिवंगत नेता एंव पूर्वमन्त्री पोष्ट बहादुर बोगटीकी जिवनसंगिनी समेत हुन् स्खबरडबलीसँगको कुराकानीमा आधारित)