काठमाडौ, असार । साहित्यकार झमककुमारी घिमिरेलाई सरकारले नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्यमा मनोनित गरेको छ ।

साहित्यकार घिमिरेलाई ५ लाख रुपैयाँ उपचार खर्च पनि उपलब्ध गराउने सरकारले निर्णय गरेको छ ।
धनकुटामा जन्मिएकी घिमिरेको संस्मरण ‘‘जीवन काँडा कि फूल’ले ०६८ सालको मदन पुरस्कार प्राप्त गरेको थियो । उक्त पुस्तकका हिन्दी संस्करण पनि प्रकाशित गरिएको छ ।
मष्तिस्क रोगबाट पीडित भई घिमिरे जन्मदेखि नै हिँडडुल गर्न र बोल्न नसक्ने पूर्ण रुपमा अशक्त भएर पनि खुट्टाले नै साहित्यिक रचना सिर्जना गर्छिन् ।