वासिङ्टन–अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो समर्थन हिलारी क्लिन्टनलाई दिँदै बुधबार हिलारी र रियल स्टेटका दिग्गज डोनाल्ड ट्रम्पका बीचको चुनावी रस्साकसी भविष्य र काल्पनिक अतितको बीचको कुनै एक विकल्पलाई चुन्ने अभ्यास भएको बताएका छन् ।द्यबचबअप(इदबmब)द्दटघघटछढद
यो हामी काल्पनिक विगतलाई छान्ने या सुन्दर भविष्यमा जाने भन्ने छनोट पाएका छौँ, राष्ट्रपति क्लिन्टनले आफ्नो पहिलो संयुक्त अभियानका क्रममा उत्तरी क्यारोलिनामा भएको चुनावी ¥यालीपछिको सम्बोधनमा बताए ।
हिलारी क्लिन्टनका हजारौँ समर्थकलाई सम्बोधन गर्ने क्रममा यही नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतिका लागि हुने निर्वाचनमा तपाईहरु दुई मूलभूत विचारमध्ये एउटा प्रष्ट विचारको चयन गर्नुपर्ने हुन्छ ।
यसकारण तपाईहरु अमेरिकालाई काल्पनिक विगतलाई सीमित राख्ने वा सुन्दर भविष्यको परिकल्पनालाई अगाडि बढाउने भन्ने सुझबुझका साथ मतदानमा जानुपर्नेछ ।
वास्तवमा नोभेम्बर ८ मा हुने निर्वाचन बाम र दक्षिण वा डेमोक्रेट र रिपब्लिक बीचको चयन होइन, बरु राष्ट्रपतिको चयन अमेरिकालाई कस्तो बनाउने भन्ने निर्णय लिने क्षण हो, नोभेम्बर ८ मा हुने निर्वाचनमा पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनको पक्षमा मतदान गर्न देशवासीसँग आग्रह गर्दै भने ।
हामी सम्पूर्ण अमेरिकीको पक्षमा काम गर्ने नेतृत्व छान्दैछौँ वा निश्चित दिर्घाका मानिएका पक्षमा सोचविचारसाथ मतदान गर्नु जरुरी रहेको छ । ओबामाले सम्बोधनका क्रममा अमेरिकी सङ्घीय अनुसन्धान विभाग एफबीआईले हिलारीका विरुद्धमा आरोपपत्र नलाने फैसला गरेकोसमेत बताएका थिए ।
हिलारी क्लिन्टनको पक्षमा बहस गर्दै राष्ट्रपतिले थप्नुभयो, हिलारीले हाम्रो अर्थतन्त्र विकासका लागि कसरी काम गर्ने भन्नेमा सोचविचारसहित अघि बढ्न सक्छन् । उनी केही सीमित मान्छेको फाइदाका लागि अर्थतन्त्रलाई चलाउन नहुने पक्षमा छन् ।
राष्ट्रपति ओबामाले अर्का उम्मेदवार ट्रम्पको नाम उच्चारण नगरिकनै उनीमाथि प्रश्न गरे, कुनै पनि झुट बहानाबाजीले देशलाई सुरक्षित बनाउन सक्दैन । हिलारी क्लिन्टन विगतको दुनियाबाट हात पछाडि खिच्न सकिँदैन भन्ने धारणा राख्नुहुन्छ र यो अमेरिकी नेतृत्वका लागि आवश्यक विषय हो ।
ओबामाले सन् २००८ मा अमेरिकी इतिहासमै पहिलो अश्वेत राष्ट्रपति बनेर नयाँ इतिहास रचेका थिए । यदि हिलारी क्लिन्टन अमेरिकी राष्ट्रपतिमा निर्वा्चित भएका उनी पहिलो अमेरिकी महिला राष्ट्रपति बनेर अमेरिकी इतिहासमा सुनौलो अर्को इटा थपिनेछ ।