logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    प्रहरीमा काज विकृति, पाँच हजार सात सय प्रहरी काजमा


    २४ असार २०७३ , शुक्रबार

    प्रहरीमा काज विकृति, पाँच हजार सात सय प्रहरी काजमा

    काठमाडौं–महानगरीय अपराध महाशाखा, टेकुमा प्रहरीको दरबन्दी एक सय ४१ जनाको हो । तर, महाशाखामा दुई सय ११ प्रहरी कार्यरत छन् । तीमध्ये करिब एक सय प्रहरी काजमा आएका हुन् भने महाशाखामै दरबन्दी भएका करिब ५० जना अन्यत्रै काजमा बसेका छन् ।

    महानगरीय प्रहरी परिसर काठमाडौं र मातहतमा तीन हजार एकजनाको दरबन्दी छ । तर, परिसरमा दुई हजार नौ सय ५६ जना कार्यरत छन् । तीमध्ये पनि डेढ सय काजमा छन् । परिसरको दरबन्दीका करिब एक सय प्रहरी भने काठमाडौंबाहिर काजमा छन् ।

    प्रहरीका हरेकजसो कार्यालयमा काज विकृति छ । प्रहरीमा करिब पाँच हजार सातजना काजमा कार्यरत छन् । अधिकांशले घरपायक तथा आकर्षक ठाउँमा बस्न काज मिलाउने गरेका छन् । काज विकृतिले सुरक्षा व्यवस्थामा समेत असर परेको प्रहरी अधिकारीहरू नै बताउँछन् । तर, विकृति हटाउने प्रयास भएको छैन ।

    प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले पाँच हजार ६ सय ९० प्रहरी काजमा रहेको जानकारी दिए । अधिकांशलाई संगठनकै आवश्यकताअनुसार काजमा

    कहाँ कति प्रहरी काजमा ?
    प्रहरी मुख्यालयबाटः २१२१
    महानगरीय प्रहरी कार्यालयबाटः ८५७
    पूर्वक्षेत्रबाटः ११४९
    मध्यक्षेत्रबाटः ४०५
    पश्चिमाञ्चलबाटः २३३
    मध्यपश्चिम क्षेत्रबाटः ४४६
    सुदूरपश्चिम क्षेत्रबाटः ४७९

    कुन पदका कति ?
    एआइजीः१
    एसएसपीः२
    एसपीः१९
    डिएसपीः४४
    इन्स्पेक्टरः१९२
    सइः ५२०
    असइ ६४९
    हवल्दारः १००७
    जवानः २९९९
    कार्यालय सहयोगीः २५७

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.