logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    चट्याङबाट ६२ जना र बाढी पहिरोमा ४७ जनाको मृत्यु गृहमन्त्री


    २५ असार २०७३ , शनिबार

    चट्याङबाट ६२ जना र बाढी पहिरोमा ४७ जनाको मृत्यु  गृहमन्त्री

     
    काठमाडौं – यस वर्ष बाढी पहिरोमा परी ४७ जनाको मृत्यु भएको सरकारले जानकारी दिएको छ ।

    व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा बाढी पहिरोको क्षतिबारे जानकारी दिँदै गृहमन्त्री शक्ति बस्नेतले असार २३ गतेसम्म भएका बाढी पहिरोका ११२ घटनामा ४७ जनाको मृत्यु,१६ जना बेपत्ता, ५७ जना घाइते भएको बताए ।

    बाढी पहिरोका कारण प्युठान, गोरखा, दार्चुला, सिन्धुपाल्चोक, नुवाकोट, लमजुङ, धादिङ, सल्यान, मकवानपुर बढी प्रभावित बनेको उनले जानकारी दिए । जसमा १३८ घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने १६० मा आंशिक क्षति भएको छ । अरनिको राजमार्गको ४ किलोमिटर सडक अवरुद्ध भएको छ । पहिरोका कारण पासाङ ल्हामु राजमार्ग, मुग्लिन नारायणगढ सडक लगायतका सडकहरु पनि प्रभावित भएको गृहमन्त्रीले जानकारी गराए।

    त्यस्तै, चट्याङका कारण यस वर्ष असार २३ सम्म १ सय १४ वटा चट्याङका घटनामा ६२ जनाको मृत्यु र १ सय ४० जना घाइते भएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.