logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    कर सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न


    २६ असार २०७३ , आइतबार

    कर सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

    रबिन्द्र प्रताप गुप्ता
    भैरहवा,असार । आर्थिक विधेयक २०७३ ले गरेका नयाँ व्यवस्थाको बारेमा उद्योगी व्यवसायीहरुलाई जानकारी दिने उद्वेश्यले उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा शनिबार भैरहवामा कर सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उद्योग व्यापार संगठनको वार्षिक कार्यक्रम अनुसार उक्त कार्यक्रम आयोजना गरिएको संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताउनुभयो ।
    प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि आन्तरिक राजश्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत महाराजा कोइरालाले कर प्रणाली सुदृढ भए मात्र देशको विकास हुन सक्ने बताउनुभयो । उहाँले कर नागरिकको अनिवार्य योगदान भएकोले यसबाट कोही पनि वञ्चित हुन नसक्ने समेत बताउनुभयो । अधिकृत कोइरालाले कर सम्बधि कतिपय जानकारीको अभावमा उद्योगी व्यवसायीलाई समस्या परेको बताउँदै सो समस्या हल गर्न उद्योग व्यापार संगठनले आयोजना गरेको यस्ता खालका प्रशिक्षणमूलक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
    कार्यक्रममा विशिष्ट अतिथि सिद्धार्थनगर नगरपालिका कार्यालयका वरिष्ठ लेखा अधिकृत गणेश बहादुर क्षेत्रीले स्थानिय निकायमा हुने विकास निमार्णका कार्यहरु उद्योगी व्यवसायीले तिर्ने करले सम्पन्न हुने भएकाले कर तिर्ने काममा कोही पनि पछाडि हटन नहुने बताउनुभयो । उहाँले स्थानिय निकायले ३८ किसिमका कर लगाउन सक्ने भए तापनि हाल नगरपालिका कार्यालयले २० देखि २५ वटा मात्र कर लगाउन सकेको जानकारी दिनुभयो । अधिकृत क्षेत्रीले नगर भित्रका साना व्यवसायीहरुले व्यवसायको प्रकृति अनुसार वार्षिक एक हजार देखि एक लाख सम्म कर तिर्नुपर्ने व्यवस्था रहेको समेत बताउनुभयो ।
    कार्यक्रममा अर्का अतिथि नेपाल अडिटर्स एशोशिएसन रुपन्देहीका अध्यक्ष चन्द्रकान्त भट्टराईले उद्योगी व्यवसायीहरु राष्ट्रका मेरुदण्ड भएकाले सम्पूर्ण उद्योगी व्यवसायीलाई इमान्दार बनाउन आफ्नो संस्था प्रतिबद्व रहेको बताउँदै उद्योगी व्यवसीहरुलाई कर छल्ने व्यक्तिका रुपमा नभई कर तिर्ने व्यक्तिका रुपमा चिनिनु आवश्यक रहेको कुरामा जोड दिनुभयो । साथै उहाँले वर्तमान अवस्थामा जटिल समस्याका रुपमा देखिएको घर बहाल कर सम्बन्धि समस्या समाधान गर्नको लागि सबै निकायहरुले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने औल्याउनुभयो ।
    कार्यक्रम उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीको अध्यक्षता,आन्तरिक राजश्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत महाराजा कोइरालाको प्रमुख आतिथ्यता,सिद्धार्थनगर नगरपालिका कार्यालयका वरिष्ठ लेखा अधिकृत गणेश बहादुर क्षेत्रीको विशिष्ट आतिथ्यता,नेपाल अडिटर्स एशोशिएसन रुपन्देहीका अध्यक्ष चन्द्रकान्त भट्टराई,संगठनका निवर्तमान अध्यक्ष खिमबहादुर खत्री लगायतको आतिथ्यता रहेको थियो ।
    कार्यक्रम संयोजक बाबुराम भट्टराईको स्वागत मन्तव्य तथा संगठनका महासचिव अनिल कुमार ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.