logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    मोदीले उपहार दिएको सैन्य हेलिकप्टर बापतको सवा अर्ब माग्दै भारत


    २८ असार २०७३ , मंगलबार

    मोदीले उपहार दिएको सैन्य हेलिकप्टर बापतको सवा अर्ब माग्दै भारत

    काठमाडौं, असार –भारतले दुई वर्ष अघि उपहारस्वरुप उपलब्ध गराएको सैन्य हेलिकप्टरबापत सवा अर्ब रुपैयाँ तिर्न नेपाललाई ताकेता गरेको छ ।

    सार्क शिखर सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री मोदीले उक्त हेलिकप्टर उपहार भनी नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए । मंसिर १, २०७१ का दिन सैनिक मञ्च, टुंडिखेलमा तामझामसहित आयोजित विशेष समारोहबीच मोदीले समकक्षी कोइरालालाई ‘एयर टु मिसाइल–एएलएच ध्रुव मार्क थ्री’ हेलिकप्टर हस्तान्तरण गरेका थिए ।

    नेपाली सेनाका लागि दिएको उक्त हेलिकप्टर कोइरालाले तत्कालै तत्कालीन प्रधानसेनापति गौरवशमशेर जवरालाई हस्तान्तरण गरेका थिए । उक्त हेलिकप्टरको मूल्य एक अर्ब २४ करोड र थप ३ करोड रुपैयाँ दुई पटकको मर्मत तथा नेपाल आएका प्राविधिक समूहको खर्च समेत जोडेर भारतले एक अर्ब २७ करोड रुपैयाँको बिल पठाएको रक्षा मन्त्रालय स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार हेलिकप्टर लिएर आएका र पछि दुई पटक मर्मतका लागि आएका प्राविधिकको भत्ता र होटल खर्चसमेत बिलमा जोडिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.