भैरहवा,असार २८ । नेपालबाट भारतको दिल्लीका लागि छुनेको यात्रुबस उत्तरप्रदेशको बहराइच जिल्लामा आज दुर्घटना हुँदा ३ नेपाली चालकसहित ५ जनाको मृत्यु भएको छ ।
भैरहवाको बेलहिया नाकाबाट भारततर्फ लागेको ना ४ ख ७६८७ नम्बरको बस बहराइज जिल्लामा पुगेपछि एक ट्रक संग ठोरिएर दुर्घटना भएको हो ।
दुर्घटनामा भएको बसमा ३ जनाको मृत्यु भएको घटनास्थलमा भएको सो बसका धनी यामप्रसाद न्योपानेले राससकर्मी संग टेलिफोनमा जानकारी दिए ।
दर्घटनामा वसका चालक र नाम नखुलेका दुईजना वसका यात्रु नेपाली रहेको वसका धनी न्यौपानेले जानाकारी दिएका छन् ।
बसमा सबार केहि यात्रुहरु घाइते भएका छन् । उनिहरुको उपचार स्थानिय अस्पतालमा भएको छ ।
बुटबलबाट हिजो छुटेको ना ४ ख ७६८७ नम्बरको बसमा ३ जना चालक सहित ३९ नेपाली यात्रु सवार थिए ।
भारतिय क्षेत्रमा पुगे पछि समेत केहि पर्यटक वसमा चढेको वस धनिले वताएका छन् ।