–गंगा लिगल
विदुषी नारीहरुमा ब्रह्मवादिनी मैत्रेयी र कात्यायनीको पनि विद्धत्व उच्च कोटीको नारीहरुको नाममा आउँछ भने यज्ञवाल्क्य अति ज्ञानी र ठूलो ऋषिको एक नाम हो । यिनी ज्ञान साधना सम्पूर्ण कुरामा पोख्त थिए । यिनका ब्रह्मवादिनी, मैत्रेयी र कात्यायनी नाम गरेका तीन पत्नीहरु थिए । कात्यायनीको अर्को नाम गार्गी पनि हो । स्वभावमा सामान्य नारीहरुझैँ कात्यायनीलाई सन्तान धनसम्पत्तिको मोह अत्यन्त थियो । यी सब कुरा उनको घरमा सम्पन्न थियो ।
ब्रह्मवादिनी मैत्रेयी ऋषिको आश्रममा ब्रह्म विद्या सिक्न गएकी थिईन् । तीनलाई सांसारिक धन सम्पत्तिको सट्टा आफ्नो अमर कृति राख्नमा उत्कट अभिलाषा थियो । जब यज्ञवालक्य आश्रम छोडेर तपस्याको लागि जंगल जंगल जान लागेँ, तब तिनले आत्मज्ञानको परम लक्ष्य पाउनको लागि अब म घर छाडेर जानछु । तसर्थ जानुभन्दा अगाडि म तिमीहरुको राम्रो व्यवस्था गरेर जान चाहन्छु । त्यसकारण तिमीहरु दुवैलाई भएको सम्पत्ति बराबर दिएर या छोडेर जानु । जसले गर्दा तिमीहरुको जीविका सुविधाजनक होस् ।
जब ऋषि यज्ञवालक्य अंशबन्डा गर्न बस्न थाले । त्यस समय दुवै पत्नीहरुलाई अगाडि बोलाई आफ्नो यस अभिप्रायबारे बताउन थाले । जब मैत्रेयीले यो कुरा सुनिन् अनि बडो सरलताका साथ यज्ञवाल्क्यसँग भन्न लागिन् । यदि सारा संसारको धन सम्पत्ति मैले पाएँ भने के म अमर हुन्छु त ? तसर्थ हे बिलकुल होइन । तसर्थ जुन चीजलाई पाएर म अमर हुन सक्दिन त्यसलाई लिएर मैले के गर्ने ? तसर्थ हे स्वामी ! जुन उद्देश्य लिएर तपाई तपोवनतर्फ जाँदै हुनुहुन्छ, त्यो आज्ञा र अधिकार मलाई पनि दिनुहोस् । यति भनेर मैत्रेयीले आफ्नो भागमा परेको सारा सम्पत्ति कात्यायनीलाई सौमिन र तपोवनमा जान तत्पर भईन् ।
त्यसपछि यज्ञवालक्यले मैत्रेयीसँग भने म अमर हुने जुन लालसा घर छोडिकन जाँदैछु । त्यस्तै तिम्रो कामना ईच्छा पनि ब्रहमज्ञान प्राप्त गर्नु नै हो । जुन वस्तुसँग तिम्रो मोह छ त्यो मलाई पनि राम्रो र उचित लाग्छ । लौ म अब सम्पूर्ण ब्रह्मज्ञान तिमीलाई दिएर सुनाएर म तपस्या गर्न शान्ति पूर्वक निस्केर जान्छु । अब तिमी यो उपदेशलाई ध्यानपूर्वक सुन र मनन, चिन्तन र हृदयंगम र आचरण गर । त्यसपपछि महर्षिले जुन उपदेश दिए ती यसप्रकार छन् ।
हे ब्रह्मवादिनी मैत्रेयी यस संसारमा पति, पत्नी, आमा, छोरा, भाई, बहिनी, सन्तान तथा कुटुम्ब सबै एक अर्कासँग सुख पाउने लालसा र कामनाले परस्परमा स्नेह, ममता र प्रेम गर्दछन् ।
त्यसमा अर्कालाई सुख दिने धारणा र भावना प्रमुख रुपले हुँदैन । सुखको कामना केन्द्रविन्दु हुनुको कारणले नै प्रत्येक पदार्थ या प्राणीहरु एक हुनुको कारणले नै पदार्थमा प्राणीहरु एक अर्कामा प्रेम भाव राख्दछन् । यसमा परोपकारको भावना कम र स्वार्थको धारणा बढी हुन्छ ।
हे मित्रा पुत्री मैत्रेयी ! ब्रह्मज्ञान, शक्ति, धन सम्पदा, संगीसाथी, छोराछोरी, विद्वान र प्राणीहसँग प्रेम पनि हामी आफ्नो आत्मालाई पीडा र चोट पुग्न जान्छ र त्यसै चोटलाई टाढा गर्नको लागि हामी जम्म हुन्छौँ । आफ्नो जन आत्मालाई सुख पु¥याउन हामी सारा जीवनका पुरा शक्ति लगाउँछौँ । त्यस आत्माको स्वरुपलाई चिन्न सक्नु नै हाम्रो जीवनको प्रमुख लक्ष्य हो । त्यसलाई जान्ने र चिन्ने गरेपनि मनमा भएका सारा शंका, तर्क, वितर्क, रोग र चिन्ता टाढा भाग्छ हे मैत्रेयी ! यसै तत्व ज्ञानलाई तिमीले हृदयदेखि ग्रहण गर, मान, सुन । यसैमा तिम्रो जीवन सफल हुन सक्दछ । यसैमा मानव जीवनको रहस्य निहीत छ । यी सबै कुरा बुझेपछि मनको सम्पूर्ण ग्रन्थी या ढोकाहरु आफै नै खुल्न जान्छ । जसलाई जीवनको सफलता मानिन्छ ।
यसरी आफ्नो कुरालाई स्पष्ट राखेपछि ऋषि याज्ञवल्क्यले मैत्रेयीसँग भने हेर मैत्रेयी संसारमा आत्मा नै सत्य हो र समग्र ज्ञान पदार्थ उसै आत्माको अमरतालाई जान्नको लागि केवल साधन मात्र हो र गौण हो । आत्मको केवल गुण मात्र हो । त्यसैकारण आत्मालाई नै चिन, जान र मान । यही नै शाश्वत सत्य हो । यही नै मुख्य रहस्य हो । यसै सम्बन्धमा ऋषिले मैत्रेयीको अगाडि कैयौँ सुन्दर सुन्दर उदाहरण दिएर अदृश्य तर ज्ञानको मूल लक्ष्य आत्मालाई अझ अगाडि पारेर अझ सम्झाए बुझाएर भन्न लागे ।
हेर शंख हामी आँखाले देख्छौँ, त्यो बजाएको शब्द हामी कानले सुन्छौँ तर आँखाले देख्न सक्दैनौँ । यदि यस शंखको आवाज तिमी रोक्न चाहन्छौ भने पहिला शंखलाई समात्न प¥यो, फेरी मानिसलाई । अनि बल्ल ध्वनि रोकिन्छ तर त्यस ध्वनिलाई हातले समात्न सकिन्न । त्यसैगरी आत्मज्ञानसँग भएको र जो गुण शब्दको ध्वनि रोक्नका लागि शंख वादक आत्मालाई समात्नु र सम्झाउनुपर्छ । त्यसैकारण तिमीले त्यसै आत्मालाई जान्नु, मान्नु, बुझ्नु र गम्नुपर्दछ । त्यस्तै कहीँ झगडा हुन्छ, कहीँ ढोलक बजाइन्छ ।
त्यसको आवाज बाहिर जान्छ त्यो ध्वनिलाई समात्न सकिन्न, बजाउने मानिसको हात समातेर मात्र बन्द गर्न सकिन्छ । त्यस्तै इन्द्रिय रुपी नगराको आवाज रोक्नको लागि ५ इन्द्रिय र ५ कर्मेन्द्रियमा संयम गरेर आत्मालाई समात्, मान्,गुन् र बुझ यति गरेपछि आत्मा के हो चिन्न सकिन्छ, अनि काम पुरा हुन्छ ।
त्यस्तै तेस्रो उदाहरणको रुपमा वीणालाई लिन सकिन्छ । वीणाको मधुर स्वरलाई प्राप्त गर्न जसलाई समात्न सकिन्छ । त्यसको लागि वीणा र अन्तमा बजाउनेको हात समात्नुपर्दछ त्यो मिठो तान निकाल्ने बाजा अन्तिम रुपमा आत्मा नै हो । त्यसकारण हे मैत्रेयी ! तिमीले त्यस आत्मालार्य चिन, जान र बारम्बार संयमपूर्वक साधना गर अवश्य सफलता मिल्नेछ ।
हेर मैत्रेयी ! पानीमा घुलिसकेको नुनलाई अलग गर्न सकिन्न । त्यसैप्रकार यो हो । यो आत्मा जीवनको शक्ति र सृष्टिको सारा पदार्थहरुमा व्याप्त छ । जबसम्म यो पदार्थ, त्यस आत्माबाट पृथक रहन्छ, त्यसको अलग सत्ताको अनुभव हुन्छ र त्यसमा विलय भएपछि त्यसको पृथक सत्ता हुँदैन । त्यस्तै भिजेको दाउरा जलाउँदा धुँवा आउँछ । जसरी धुवाँ त्यस दाउरामा अदृश्य भएर रहन्छ त्यसैप्रकार नै त्यो अदृश्य भएर रहन्छ ।
त्यसैप्रकार आत्मामा नै ती सबैको निवास अदृश्य रुपमा रहन्छ त्यसकारण जान, बुझ आत्मा नै सबैको मूल रुप हो यो कुरा सँधै ध्यानमा राख । महर्षि याज्ञवाल्क्यको यस उदाहरणले मैत्रेयी झसङ्ग भईन् र भनिन् “यहाँबाट आत्मा उडेर गएपछि पदार्थको नाम निशान मेटिन्छ यो सुनेर मेरो मन, हृदय अब चकनाचुर भयो, अब म निराश भएँ ।”
तब ऋषिले भने “मैले यी कुराहरु तिमीलाई डराउन दिनको लागि भनेको होइन । बरु खास तत्व ज्ञान सम्भव गराउनको लागि हो । मैले भनेको विषयवस्तु र कुराहरुलाई तिमीले मनमा लिन अत्यन्त आवश्यक छ । भन्ने हो भने साँचो कुरा यो हो कि आत्मा र सृष्टिको पदार्थलाई अलग मान्नु नै भय र अज्ञानताको कारण हो ।
त्यसैकारण ‘आत्मा नमेव विजाभहि’ आत्मालाई चिन । यही नै मूल उद्देश्य हो । ” वेद शास्त्रको पनि यही आदेश र अनुशासन हो र मेरो पनि तिमीलाई यही उपदे शो । यसै तत्वलाई राम्ररी ज्ञान, चिन र त्यसै अनुसार आचरण गर, सफल हुनेछौ । यी सम्पूर्ण आत्मज्ञान दिएपछि महर्षि याज्ञवाल्क्य तपोवनमा गए ।