logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    नेपालमै अधिक वर्षा रुपन्देहीमा


    ७ साउन २०७३ , शुक्रबार

    नेपालमै अधिक वर्षा रुपन्देहीमा

    रोहीनीले रुपन्देहीमा धमका मच्चायो

    श्रावण ७, भैरहवा ।  रुपन्देहीमा रोहणी नदिको अत्याधिक वहाव बढ्दा यहांका जनता घर न घाटका भएका छन् ।

    बिहिवार राति देखि परेको अबिरल वर्षाको कारण रोहिणी नदिको बहाव साबिक भन्दा करिब ७ फीट माथी सम्म आउदा त्यस क्षेत्रका जनता प्रताडित भएका छन् ।

    20160722_100905
    पछिल्लो २४ घण्टामा देशमै सबैभन्दा बढी वर्षात रुपन्देहीमा भएको छ । जलवायु तथा मौसम विज्ञान विभागको मौसम पुर्वअनुमान शाखाका मौसमविद समिर श्रेष्ठका अनुसार रुपन्देहीमा विहीबार १ सय २३ मिलिलिटर वर्षा भएको छ ।

    भारी वर्षाको कारण रोहिणी नदिको बहाव बढ्दा बसन्तपुरमा ४ घर डुबेका छन् । ती घरका ७ जना व्यक्ति रुखमा चढेर ज्यान बचाएका छन् । राती ३ बजे रुखमा चढेका मान्छेलाई शसस्त्र प्रहरी, नेपाल प्रहरीको संयुक्त टोलीले करिब ७ घण्टा पछि उद्धार गरेको थियो ।
    20160722_102854
    लगातार वर्षाका कारण जिल्लाको पट्खौली गाविस ५ स्थित् १६ घर डुबान परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । सो घरका ६० जना लाई पनि जिल्ला दैवी प्रकोप उद्धार समितीको टोलीले उद्दार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रामेश्वर कार्कीले बताए ।
    IMG_20160722_085655_1
    भैरहवा क्षेत्रमा प्रत्येक वर्ष जुलाई महिनामा औसतमा ५४५ दशमलव ६ मिलिलिटर वर्षा हुने गर्दछ । मौसम पुर्वअनुमान शाखाका अनुसार यो जुलाई महिनामा आज सम्म (पछिल्लो २४ घण्टा) भैरहवा क्षेत्रमा ३ सय ८९ दशमलव २० मिलिलिटर वर्षा भएको छ । त्यस्तै गत जुन महिनामा औसतको ८३ प्रतिशत भैरहवा क्षेत्रमा वर्षा भएको थियो । गत आइतबार देखि २४ घण्टाको अवधीमा भैरहवा क्षेत्रमा ४७ मिलिलिटर वर्षा भएको थियो ।

    apf krishna bdr thapa
    बाढीको चपेटामा परेकालाई उद्धार गर्दा आफुलाई गौरब भएको शसस्त्र प्रहरीका सहायक हवल्दार कृष्ण बहादुर थापाले जनाए । उनले भने ‘ रुख चढेर बाचेंकाहरुलाई उद्धार गरियो । उनीहरु खुसी भएको देख्दा धेरै नै खुसी भएको छु । ‘

    उद्दार गरिनेमा निरकेवल चमार, दुखी केवट, पूर्णवासी केवट, मातृका नाउ, सुनिता केवट, सामदुलारी केवट र कौशिल्या नाउ रहेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.