logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    विद्यूत सर्ट भई आगलागी हुँदा ४० लाख नगद सहित १ करोडको क्षति


    १४ साउन २०७३ , शुक्रबार

    विद्यूत सर्ट भई आगलागी हुँदा ४० लाख नगद सहित १ करोडको क्षति

    नरेश के.सी.
    भैरहवा, साउन १४ । जिल्लाको बेलबास स्थित भिमेश्वर ड्रिलिंग उद्योगमा बुधबार सांझ आगलागी हुदां ४० लाख नगद सहित १ करोड भन्दा बढीको क्षति भएको छ । आगलागीबाट उद्योगका सबै कागजात जलेर नष्ट भएका छन् ।

    Aaglagi bata 35 lakh nagad nasta (9)
    Aaglagi bata 35 lakh nagad nasta (1)
    अफिसमा राखिएको एसीमा जडित विद्यूतको लाइन सट हुँदा सो कार्यालयका सबै कागजात जलेर खरानी भएका हुन् । “हामी कार्यलय बन्द गरेर भर्खर बाहिर निस्केका थियौं । लाइन सर्ट भएर एकैचोटी कार्यलय धुवैधुँवा भयो । त्यसपछि हामीले दमकललाई बोलाउन धेरैचोटी फोन ग¥यौं । दमकल आउँछु आउँछु भन्यो आखिरमा आएन । धन्न गाउले छिमेकीको सहयोगले आगो नियन्त्रण भयो । नत्र घर नै ध्वस्त हुन्थ्यो ।” आगलागी बारे जानकारी गराउदैं कम्पनिका व्यवस्थापक रोशन प्रसाद भण्डारीले बताए ।

    आगजानी भएपछि बुटवल उपमहानगरपालिकाको दमकललाई खबर गरेता पनि नआएको भन्दैं स्थानियले समेत आक्रोस व्यक्त गरे । उनीहरुले भने “त्यो दमकल के का लागी आउछु आउछु भन्ने अनि नआउने । धन्न मान्छे नलागेको भए यो घर अहिले पुर्ण खरानी हुन्थ्यो । ”
    आगजानी भएपछि बुधबार सांझ ६ः४१ देखी ६ः५४ बजेसम्म निरन्तर फोन गरीरहेता पनि दमकल नआएकोप्रति व्यवस्थापक भण्डारीले दुखेसो प्रकट गरे ।

    Aaglagi bata 35 lakh nagad nasta (8)
    सोही कार्यलयमा रहेका  भीमेश्वर ड्रिलिंग उद्योग, सगुन कन्सट्रक्सन, स्वीकृत सप्लायर्स, स्वीकार कन्सट्रक्सन एण्ड ट्युबेल कम्पनि प्रा.लि. र रमन सगरमाथा भीमेश्वर जेभीको कागजात पनि जलेका छन् । सोही दिन कम्पनिको कर तिर्न भनी राखेको ४० लाख नगद पनि आगलागीले खरानी बनाईदिएको छ । व्यवस्थापक भण्डारीले भने “कर तिर्नकोलागी मंगलबार र बुधबारगरी कुमारी बैंकबाट ४० लाख निकाला गरिएको थियो । सधैं नगद त्यही हुन्थ्यो । एक्कासी आगलागी हुँदा सो रकम पनि जल्यो । कम्पनीका सबै कागजात पनि जलेर नष्ट भयो । ”

    आगलागीबाट भीमेश्वर ड्रिलिंग उद्योग, सगुन कन्सट्रक्सन, स्वीकृत सप्लायर्सको आर्थिक वर्ष ०६७।०६८, ०६८।०६९, ०६९।०७०, ०७०।०७१ का अर्डिट रिर्पोट, बिल भरपाई एवं सम्पुर्ण कागजात जलेका छन् । यसैगरी स्वीकार कन्सट्रक्सन एण्ड ट्युबेल कम्पनि प्रा.लि.को ०७१।०७२ को कागजात जलेको छ ।
    Aaglagi bata 35 lakh nagad nasta (4)
    आगलागी भइसकेपछि आगो निभाउदा प्रयोग गरिएको पानीको कारण आर्थिक वर्ष ०७२।०७३ को कागजातहरु सबै भिजेर कामै नलाग्ने अवस्थामा पुगेका छन् ।  आगलागीकै कारण कार्यालयमा रहेका कम्प्युटर १ थान, ल्यापटप १ थान, प्रिन्टर २ थान, फोटोकपी मेसिन १ थान र युपीएस १ थान पनि जलेर नष्ट भएको व्यवस्थापक भण्डारीले जनाए । उनले भने “ कागजात सबै जले, नगद ४० लाख र कमप्युटर पनि जल्यो । सबै गरेर १ करोड नोक्सान भएको छ । ”
    Aaglagi bata 35 lakh nagad nasta (6)
    आगलागी सम्बन्धमा इलका प्रहरी कार्यलय बुटवलले मुचुल्का तयार गरी सम्बन्धित निकायमा पठाएको प्रहरी निरीक्षक राजु कार्कीले जनाए ।

    सहदेव खड्काको नाममा दर्ता रहेको भीमेश्वर ड्रिलिंग उद्योग, सगुन कन्सट्रक्सन, स्वीकृत सप्लायर्स को स्थायी लेखा नम्बर ३०४८९४१५२ रहेको छ । उक्त कम्पनी मार्फत डिप बोरिंग तथा खानेपानी लगायतको काम देशैभर हुदैं आएको छ । अहिले पनि बारा , पर्सा र रौतहटमा काम भइरहेको छ । यसैगरी  ६०२४४३४६७ नम्बर स्थायी लेखा नम्बर रहेको स्वीकार कन्सट्रक्सन एण्ड ट्युबेल कम्पनि प्रा.लि. मार्फत जनकमपरमा दुईवटा ठूला परियोजना भइरहेका छन् । दिगम्बर खानेपानी आयोजना र प्रेमपुर खानेपानी आयोजनाको काम भइरहेको छ । यसैगरी सर्लाहीमा जुडबेला सिंचाई आयोजनाको काम भइरहेको छ ।
    Aaglagi bata 35 lakh nagad nasta (5)
    त्यसैगरी  ३०५८७८३८६ लेखा नम्बर रहेको रमन सगरमाथा भीमेश्वर जेभी मार्फत हाल प्रगतिनगर पश्चिम कालिकानगर खानेपानी आयोजना र नयाँ गाउँ सह लगानी खानेपानी आयोजना लगायतका काम भइरहेको छ ।
    Aaglagi bata 35 lakh nagad nasta (7)
    आगलागी भएसंगै सामन्यतया ती कम्पनी मार्फत भइरहेका काम पनि प्रभावित हुने आशंका पैदा भएको छ । लगातारको वर्षात तथा विद्युतको भोल्टेज लो र हाईको कारण विद्युत सर्ट हुदां नीजि कम्पनीको नगद र कागजात नष्ट भएता पनि दिर्घकालिन रुपमा समुदायलाई नै नोक्सान पुग्ने देखिएको छ ।

    Aaglagi bata 35 lakh nagad nasta (3)
    Aaglagi bata 35 lakh nagad nasta (2)

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.