logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    खाना खानुलगत्तै चिया पिउनु यसकारण हानीकारक


    २० साउन २०७३ , बिहिबार

    खाना खानुलगत्तै चिया पिउनु यसकारण हानीकारक

    एजेन्सीको सहयोगमा
    चाहे बिहान होस् वा बेलुकी चिया मानिसको सरीरमा स्फूर्ति भर्ने पेयको रुपमा खपत हुँदै आएको छ । चियाको चुस्कीले दिनभरको सबै थकान मेटिदिने मात्र होइन हरेक बिहानलाई ताजगीपूर्ण बनाइदिने काम पनि गर्दछ ।

    tea-cup_1798148b

    खानापछि चिया पिउने बानी धेरै मानिसको हुन्छ । कतिपयको भने खाली पेटमा वा खाना नखाँदै चिया पिउने बानी हुन्छ । विज्ञका अनुसार खाना खाइसकेपछि चिया खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

    खाने खाएलगत्तै चिया पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुँदैन । चियाको पत्तीमा अम्लीय गुण हुन्छ । जब यो खानामा रहेको प्रोटिनसँग मिल्दछ यसले प्रोटिनलाई क्षयिकृत गर्ने काम गर्दछ । जसका कारण प्रोटिनलाई पचाउने काममा बाधा उत्पन्न हुन्छ ।

    यसको अर्को कारण पनि छ । चियामा क्याफाइन तत्व हुन्छ । जसले रक्तचापलाई बढाउँदछ । यसले सरीरमा कोर्टिसोल अर्थात स्टेरोइड हर्मोनको मात्रा पनि बढाइदिन्छ । जसले सरीरमा अनेक प्रकारका समस्या उत्पन्न गरिदिन्छ । मुटुसँग सम्बन्धित समस्या देखि लिएर मधुमेह र वजन बढ्ने लगायतका समस्या यसमा सामेल हुन्छन् ।

    त्यस्तै चियामा पोलिफेनोल्स तथा ट्यानिन्स जस्ता तत्व पनि पाइन्छन् । यसले खानामा रहेको आइरन तत्व सरीरलाई शोस्न दिँदैनन् । त्यसैले खासगरी आइरनको कमी रहेका वा हुने जोखिम रहेका महिलाहरुले खाना खाइसके लगत्तै भुलेर पनि चिया खानु हुँदेन । यदि तपाइँलाई खाना खाइसकेपछि चिया वा कफी नपिइ हुँदैन भने खाना खाइसकेको कम्तीमा एक घण्टापछि मात्र पिउनु राम्रो हुन्छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.