logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    महिलाका ८ ‘रहस्य’


    २० साउन २०७३ , बिहिबार

    महिलाका ८ ‘रहस्य’

    महिला पुरुषभन्दा किन उत्तम छन ? त्यस विषयमा तल उनीहरुको आठ रहस्य दिएका छन्, जसलाई महिलाई पुरुषभन्दा उत्तम बनाएको छ ।

    बढी बाँच्छन्
    महिला बढी बाँच्ने गर्दछन् । यसको सबैभन्दा ठुलो कारण हो हृदयरोगका लागि उनीहरुको प्रतिरोध क्षमता । उनीहरुलाई हृदयरोग ७०–८० वर्षको उमेरमा मात्र हुने गर्दछ । जबकि पुरुषलाई हृदयरोग ५०–६० वर्षमै सताउने गर्दछ ।
    women
    बढी सहनशक्ति
    कयौ अध्ययनले सावित गरिसकेको छ कि महिलाहरुमा पीडा सहने क्षमता पुरुषको तुलनामा बढी हुने गर्दछ । साइकोलजिस्ट क्लिफर्ड लजारस भन्छन्–महिलाहरु स्वायमलाई प्रसव पीडाका लागि तयार गरिरहेका हुन्छन् ।

    तनाव सहन माहिर
    वेस्टर्न ओन्टारियो युनिभर्सिटीमा गरिएको लामो अध्ययनमा महिलाहरु तनाव सहन गर्न बढी सक्षम हुन्छन् भन्ने पुष्टि भएको छ। उनीहरुको मस्तिष्क आक्सिटोसिन बढी उत्पन्न गराउने गर्दछ । यही हरमोनले हामीलाई शान्त राख्दछ ।

    गज्जबको स्मरणशक्ति
    ब्रिटेनको ऐस्टन युनिभर्सिटीमा गरिएको एउटा रिसर्चबाट महिलाहरुको स्मरणशक्ति पुरुषको तुलनामा बढी हुने पत्ता लागेको छ। अझ उमेर बढ्दै जाँदा दुवैको स्मरण क्षमताको अतर पनि बढ्दै जान्छ ।

    बढी स्मार्ट
    इन्टेलिजेन्स एक्सपर्ट जेम्स फ्लिनका अनुसार युरोप, अमेरिका, क्यानडा र न्युजिल्याण्डका महिलाहरुले पुरुषलाई इन्टेलिजेन्ट टेस्टमा पराजित गरे । महिलाहरुको मस्तिष्क बढी तिब्रताका साथ विकास हुने गर्दछ ।

    कलेजमा बढी सफल
    जर्जिया र कोलम्बिया युनिभर्सिटीको एउटा संयुक्त टिमले गरेको अध्ययनमा किशोरीहरु साइन्स बढी राम्रोसँग बुझ्ने गर्दछन् । पुरुषमा युनिभर्सिटीमा पढाई अधुरै छाड्ने सम्भावना बढी हुने गर्दछ ।

    बाटो पहिल्याउन माहिर
    प्रोफेसर डाएन हाल्पर भन्छन्–महिलाहरु निशान र संकेत याद राख्न सक्षम हुन्छन् । त्यसैले उनीहरु बाटो याद राख्दछन् । उनीहरु हराएको वस्तु पनि चाँडै खोज्न सक्षम हुने गर्दछन् ।

    पाइपाइको हिसाब
    हिसावकिताव राख्नमा पनि महिलाहरु बढी सक्षम हुन्छन् । बार्कलेज वेल्थ एन्ड लेडबरी अध्ययनअनुसार लगानीमा महिलाहरुको उत्कृष्ट परिणम निस्कने गर्छ । किनभने पुरुषमा टेस्टोस्टेरोन बन्दछ जसले उनीहरुलाई अनावश्यक रिस्क लिनेतिर उक्साउने गर्दछ । एजेन्सी

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.