logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    रियो ओलम्पिक आजदेखि, नेपालका ७ खेलाडी सहभागी


    २१ साउन २०७३ , शुक्रबार

    रियो ओलम्पिक आजदेखि, नेपालका ७ खेलाडी सहभागी

    काठमाडौं, २१ साउन । ओलम्पिक खेलकुदको ३१ औं संस्करण ब्राजिलको रियो दि जेनेरियोमा शुक्रबारबाट सुरु हुँदैछ ।

    गृष्मकालिन ओलम्पिकको यो संस्करण ऐतिहासिक मराकाना रंगशालामा विशेष समारोहकाबीच उद्घाटन हुँदैछ । १७ दिनसम्म चल्ने रियो ओलम्पिकमा बढी २ सय ७ राष्ट्रका १० हजार ५ सय खेलाडीले ३१ खेलका ३ सय ६ विधामा प्रतिस्पर्धा गर्नेछन् ।
    maxresdefault
    १० हजार ५ सय खेलाडीमध्ये नेपालका ७ खेलाडीको सहभागिता रहनेछ । नेपालकी पौडी खेलाडी गौरीका सिंह सबैभन्दा कान्छी खेलाडी मानिएकी छन् ।

    यसपटक नेपालबाट पौडीका शिरिष गुरुङ र गौरीका सिंह, एथ्लेटिक्सका हरिप्रसाद रिमाल र सरस्वती भट्टराई, जुडोकी फुपुहामु खत्री, तेक्वान्दोकी निशा रावल र आर्चरीका जीतबहादुर मोक्तानले ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन् ।

    यी ७ खेलाडीमध्ये आर्चरीका मोक्तानले शुक्रबार नै प्रतिस्पर्धा गर्दैछन् । आर्चरी अर्थात धनुषवाणको व्यक्तिगत रकिर्भ विधामा प्रतिस्पर्धा गर्दैछन् । मोक्तान दुईदिन अघि पुगिसकेका छन् ।

    अन्य नेपाली खेलाडीमध्ये पौडीकी गौरिका सिंहले सय मिटर ब्याकस्ट्रोक, शिरिष गुरुङले सय मिटर फ्रिस्टाईल, एथ्लेटिक्सका हरी रिमालले ५ हजार मिटर, सरस्वती भट्टराईले १५ सय मिटर, जुडोकी फुपु ल्हामु खत्रीले महिला ६३ केजी मुनी तथा तेक्वान्दोकी निशा रावलले महिला ६७ केजी मुनी प्रतिस्पर्धा गर्दैैछन् ।

    अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटी आईओसीको झण्डा बोकेर शरणार्थीहरुको एक टोलीले पनि ओलम्पिकमा सहभागिता जनाउँदैछ । शरणार्थी टोलीमा दक्षिण सुडानका ५ तथा सिरियाका दुई र कंगोका दुई र इथियोपियाका एक शरणार्थी खेलमा सहभागी हुँदैछन् ।

    दक्षिण सुडान र कोसोभो पहिलो पटक सहभागि हुँदैछन् । रियो ओलम्पिकमा अमेरिकाले सबैभन्दा बढी ५ सय ५४ खेलाडी ब्राजिल पठाउँदैछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.