logo
  • १४ साउन २०८३ , बिहिबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    भैरहवा विद्युतको बक्यौता १९ करोड, १३ सय जना कालोसूचीमा


    २४ साउन २०७३ , सोमबार

    भैरहवा विद्युतको बक्यौता १९ करोड, १३ सय जना कालोसूचीमा

    विद्युत महसुल नतिर्नेमा  उद्योगपति र व्यापारी अगाडी

    नरेश के.सी.
    भैरहवा, साउन  । नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्र अन्र्तगत रहेर विद्युतको ग्राहक बनी प्रयोग गर्ने तर विद्युत महसुल नतिर्नेहरुमा ठूला ठूला उद्योगपति देखी लिएर बैंक, होटल रहेका छन् ।

    download
    भैरहवा केन्द्र अन्र्तगत विद्युत महसुल उठ्न बाँकी १८ करोड ६२ लाख ७६ हजार २ सय ४ रुपैयाँ रहेको छ । जसमा १ हजार ३ सय पन्ध्र जना कालोसूचीमा परेका छन् । त्यस अगाडी ४ सय जना विद्युत चुहावट गरेको अभियोगमा कारबाहीमा समेत परेका छन् भने ५ सय ३२ जनाको लाइन काटिएको छ ।

    विद्युत प्राधिकरणको बक्यौता रकम नउठ्नुमा कार्यालयबाट खटिएका कर्मचारीहरुको दोष पनि देखिने गरेको छ । सोही कार्यालयमा काम गर्ने केही कर्मचारीले ठूला उद्योगपति तथा व्यापारीसँग मिली विद्युत चुहावटमा नै सहयोग पु¥याउने गरेको सुन्नमा आएको छ । सुनेको कुरा चाँही ती कर्मचारीले आफ्नो हैसियत सयौं गुना आर्थिक उपार्जन गर्नुबाट सिद्ध हुन पुग्दछ ।

    भैरहवा वितरण केन्द्रमा कार्यरत सुर्य श्रेष्ठ सब स्टेशन शाखामा कार्यरत छन् । खरिदार तहका उनी सहितका कर्मचारीले लोडसेडिंग गर्ने वा खोल्ने काम गर्दछन् । खरिदार तहका ती कर्मचारीले करोडौं मूल्य पर्ने गाडीमा सवार हुने गर्दछन् । उनको ठाँटबाट देख्दा लाग्छ उनी मन्त्रालयका एक नम्बर सचिव हुन् ।

    यसैगरी प्राविधिक फाँटका प्रमुख ईन्जिनियर राजेन्द्र श्रीवास्तवको पनि कमाऊ धन्दा कम्तीको छैन । उनले कतिपय ठाउँमा आफै त कतिपय ठाउँमा आफ्ना प्राविधिक मार्फत मासिक रुपमा उद्योगी तथा व्यवसायीबाट मोटो रकम असुल्ने गरेका छन् ।

    उता नयाँ मिल क्षेत्रमा फोरमेन लक्ष्मण पोखरेलले त कायांपलट नै गरिदिएका छन् । पोखरेलले त्यस क्षेत्रका ठूला ग्राहकसँग मिली मासिक लाखौं रकम अवैध रुपमा कमाइरहेको प्राधिकरणकै कर्मचारी बताउँछन् ।

    यसरी केही कर्मचारीकै मिलोमतोको कारण भैरहवा क्षेत्रमा बक्यौता रकम करोडौं पुगेको देखिन्छ भने विद्युत चुहावट पनि धेरै नै रहेको छ । कार्यलयकै कर्मचारीको आड भरोसा नपाउने हो भने ग्राहकले कसरी विद्युतको रकम नतिरी बस्न सक्थे रे । अर्कोतर्फ होटल, बैंक, राइसमील, सबामिल जस्ता उद्योगले त पूर्णतया अवैधानिक ढंगले विद्युत प्रयोग गरिरहेको  कार्यालय प्रमुख ठाकुर नै बताउँछन् ।

    ठाकुरले विद्युतमा परिवर्तन ल्याउन खोजेता पनि उनकै कर्मचारीको कारण भने जस्तो परिवर्तन आउन सकेको छैन । यद्यपी बिहीबार राती ११ बजेदेखी कालिगण्डकीको लाइन जोडिएपछि साबिकको ९ घण्टा मात्र लोडसेडिंग हुने प्राधिकरणले जनाएको छ ।

    भैरहवामा सयौँमानिसले विद्युतको महसुल तिरेका छैनन् । यसरी महसुल नतिर्नेहरुलाई ३ पुस्ते सहित कालोपाटीमा नाम प्रकाशन गर्ने तयारी गरेको छ । लुम्बिनीखबरले खोज्दै जाँदा पचास हजार भन्दा बढी रकम नतिरी सरकारी दस्तुर ठग्नेहरुमा भैरहवाका नाम चलेका उद्योगी व्यवसायी तथा समाजसेवी भनाउँदाहरु रहेका छन् ।

    भैरहवाका कमला देवी श्रेष्ठले ६१ हजार ६ सय ९६ नतिरेको कारण कालोपाटीमा परेको छ । पदमचन्द्र श्रेष्ठको ५१ हजार ३ सय २६, एशियन कलर ल्याबको ९५ हजार ३ सय ५०, महाविर देवानको ६० हजार ३ सय ५४, निजामहक अहमद ५९ हजार ८ सय १७ , राजमन मास्टरको ५६ हजार २ सय ६९, हसरती अलिको ८६ हजार ७ सय ६४, रोहित श्रेष्ठको २१ लख ५७ हजार ४ सय ४७, बुद्ध जनरल एण्ड गुड्सको  १९ लाख ४ हजार २ सय ८९, सूर्य फुड प्रोडक्टको ८० हजार ९५, धनश्याम प्रसाद जैसवालको ६६ हजार १२, बुद्धकेशर कनहरको ५४ हजार ९ सय ११, केदार नाथ जैसवालको २ लाख ९७ हजार १ सय ६२,  लक्ष्मी बनस्पती घिउ उद्योगको २६ लाख ५० हजार ९ सय ३० , रमेश कुमार श्रेष्ठको १ लाख ३३ हजार ५४, सचिन्द्र नाथ शुक्लाको १ लाख ७३ लाख ४ सय ८६, रीमा राइस मिलको ९५ हजार १ सय २६, सुजाता आइस फ्याक्ट्रीको ७३ हजार ९ सय ७२, विन्द्रामति राइस मिल ९७ हजार ३ सय ६६, नाथु चौधरीको ८८ हजार २ सय १०, दल बहादुर थारुको ५१ ह्जार ३४, सबल राइसमिलको १ लाख ३७ हजार ६ सय ८४ रुपैयां सहित कालोपाटिमा नाम उल्लेख छ ।

    यसैगरी मईदुन राइसमिलको ७९ हजार ८ सय ९६, कमल यादवको १ लाख ३९ हजार ७४, रामलखन बानियांको १ लाख ५० हजार ५ सय ४७, मोहन प्रसाद शर्माको ३ लाख ३६ हजार ९ सय ८५ बक्यौता सहित कालोपाटीमा नाम उल्लेख छ ।

    त्यसका अतिरीक्त अन्य सयौं व्यक्तिको नाम भैरहवा वितरण केन्द्रले कालोपाटीमा उल्लेख गरेको छ । कालोपाटीमा नाम निकालेर सामाजिक कारबाही मात्रै होइन कानुनी कारबाहीका साथ बक्यौंता रकम असुली गरी भैरहवा क्षेत्रलाई विद्युतको सेवा प्रदायकमा एक नम्बर बनाउन अभियान थालेका ठाकुरले नागरिक समाज र जनताको साथ पाए रुपन्देहीको चुहावट शुन्यमा झार्ने समेत दाबी गरे ।

    पैसा नतिर्नेलाई कारबाही हुन्छः ठाकुर

    munindra thakur
    सरकार अस्थिर भएको मौका छोपी ठग मनोवृति भएका व्यवसायी तथा गलत मानसिकता भएका व्यक्तिहरुले विद्युतको महसुल नतिरेको नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख उपप्रबन्धक मुनिन्द्र ठाकुरले जनाए । ठाकुरले भने “यहाँ सत्ता र शक्तिको भरमा जे पनि गर्न सकिन्छ भन्ने मानसिकता बोकेका मान्छेहरु धेरै रहेछन् ।

    विद्युतको बक्यौता माग्दा धम्काउन खोज्नेहरु पनि छन् तर मैले त्यस्ता बद्मास फटाहाहरुलाई ठेगान लगाएरै छाड्ने योजना सहित काम गरिरहेको छु । ” ठाकुरले रुपन्देहीका ग्रामीण क्षेत्रमा प्रहरीकै अगाडी विद्युत चोरी हुँदा पनि प्रहरी रमिते बनेर बसेकोमा दुखः व्यक्त गर्दै भने “हाम्रो जनशक्ति कम छ ।

    यहाँ २ सय जनाको दरबन्दीमा १ सय १२ जना कर्मचारी छौँ । मर्चवार जहाँ त्यति ठूलो क्षेत्रमा २ जना कर्मचारी छन् । धकधई जहाँ ७ हजार भन्दा बढी ग्राहक छन् त्यहाँ पनि अवस्था उस्तै छ । भने कसरी चुहावट शून्य गराउन सकिन्छ त ? तैपनि भएको जनशक्तिलाई परिचालन गरी चुहावट नियन्त्रण र बाँकी बक्यौंता रकम असुलीमा विशेष जोड दिइरहेका छौं ।”

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.