लुम्बिनीखबर
भैरहवा, साउन । सिद्धार्थनगर नगरपालिकालाई नमुना शहर बनाउने भनेर सरकारी एवं गैरसरकारी निकायले यहांको विकास निर्माणकोलागी अरबौं रकम खर्चिरहको छ ।

त्यसै अनुरुप काम पनि भइरहेका छन् । नगरभित्रका सडक तथा ढलको लागी एडिबीको सहयोगमा निर्माणका काम पनि भइरहेका छन् । तर यत्तिका करोडौंका काम भइरहदा त्यसको वृस्तृत योजना सहितको सूचना पार्टी कुनै पनि साइटमा देखिदैन् ।
हनुमान मन्दिरदेखी शंकरपुर जाने बाटोमा अहिले काम भइरहेको छ । बर्षातको मौसम छ तर नगरपालिकाले एउटा कागजको गत्तामा सूचना लेखेर टाँसेको छ । यो कस्तो काइदा हो ? सो क्षेत्रबाट दैनिक सयौं मानिसको आवतजावत हुन्छ तर नपाको नाममा सूचना जारी गर्दा बेइज्जतै हुनेगरी यसरी किन गर्ने । के सिनपा एउटा फ्लेक्स बोर्ड सम्म लगाउन नसक्ने अवस्थामा पुग्यो ?
यता नगरपालिका भित्र होडिंगबोर्डहरु धेरै यत्तिकै थन्किएर बसेका छन् ती बोर्डलाई रंगाएर गराएको भए पनि हुने । सिंगो नगरपालिकाको बेइज्जत नै हुनेगरी गरिएको गतिविधी प्रति सबै नगरबासीले दुखः व्यक्त गरेका छन् ।
कि नपाले भन्नु प¥यो बोर्ड बनाउने पैसा छैन त्यसैले यस्तो कागजको पुरानो गत्तामा सूचना टाँंगिएको हो होइन भने एउटा बोर्ड त लगाउनु प¥यो नी ।