logo
  • १४ साउन २०८३ , बिहिबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    लायन्समा वृक्षरोपण तथा छात्रवृत्ति


    २४ साउन २०७३ , सोमबार

    लायन्समा वृक्षरोपण तथा छात्रवृत्ति

    वृक्षरोपण तथा छात्रवृत्ति कार्यक्रम
    गोविन्द प्रसाद गिरी
    भैरहवा, साउन २२ । लायन्स क्लब अफ सिद्धार्थनगर युथले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण तथा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
    FB_IMG_1465738109876
    पास्ट डिष्ट्रिक गर्भनर अरुण प्रताप राणाको प्रमुख आतिथ्यता, एरिया चिफ लायन राजेश खरेलको विशिष्ट आतिथ्यता,  डिष्ट्रिक चेयर पर्सन लायन महेशचन्द्र थापा,लायन्स क्लब अफ सिद्धर्थ नगर का अध्यक्ष लायन बिनोद खरेल, लायन्स क्लब अफ भैरहवाका अध्यक्ष लायन वृजेश अग्रवाल, लायन्स क्लब अफ मिडटाउन कोटिहवाका अध्यक्ष लायन माधव पाण्डे, लियो क्लब अफ सिद्धार्थनगरका अध्यक्ष लियो गौतम गुप्ता, लगायतको आतिथ्यता रहेको थियो ।

    लायन्स क्लबहरुले शतवार्षिकी वर्ष मनाइरहँदा सिद्धार्थनगर भैरहवाका युवाहरुको जमातमा खुलेको यस क्लबले आफ्नो वार्षिक कार्यक्रम अन्र्तगत पहिलो कार्यक्रम सम्पन्न गरेको हो ।

    लायन्स क्लब अफ सिद्धार्थनगर युथमा चिकित्सक, ईञ्जिनियर, बैंकर, बीमा व्यवसायी, निर्माण व्यवसायी, पर्यटन व्यवसायी, सहकारी कर्मी, पत्रकार जस्ता सम्मानित पेसा र व्यावसायिक  झण्डै ४० जना युवाहरुको  समुह आफ्नै क्लबको उक्त कार्यक्रममा लोगो अंकित टिसर्ट लञ्चिङ गरिएको थियो ।

    क्लबले भैरहवा उच्च माविका अध्यनरत निम्नबर्ग र समुहको मुल्यांकन गरि विद्यार्थी ममता घर्तीमगर र आशिष राणालाई १ वर्षको सम्पूर्ण शुल्क बराबरको आर्थिक रकम हस्तान्तरण गर्दै धनी र सबभन्दा बढी नम्बर लिनेको मात्र पुरस्कार पाउने परिपाटी को अन्त्यत गरी गरिब र निम्न आय भएको विद्यार्थी लाई   दिएको र सोही अनुसार पुरस्कारबाट सबभन्दा बदी र मेहनतले भोलिका दिनमा उत्कृष्ट नम्बर लिएकामा अन्तरवार्ता दिदै लायन्स को सम्झना महिमा गाउने भदै प्रमुख  अतिथिबाट यस क्लबको प्रशंसा गर्दै विद्यार्थीहरु लाई भावुक बनाएका थिए ।
    00
    चिल्हिया सामुदायिक बन को सभाहलमा भएको उक्त कार्यक्रम क्लबका अध्यक्ष अर्चित श्रेष्ष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा  ध्वजाको अभिवादन निर्देशक ला. प्रशान्त श्रीवास्तव,कार्यक्रमको  स्वागत मन्तव्य द्वितीय उपाध्यक्ष ला अभिनव मयूर कसौधन र कार्यक्रम माथिप्रकाश पार्ने  मनत्ब्य क्लबका प्रथम उपाध्यक्ष  ला. गोपाल ज्ञवालीले पारेका थिए ।

    कार्यक्रमको संचालन सचिव ला. धिरज मल्लिकले गरेका थिए भने  क्लबले आगामी दिनमा निम्न तथा विपन्न परिवारका व्यक्तिहरुलाई विभिन्न विधामा सहयोग गर्ने उद्देश्य लिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.