logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    लियोमा वृक्षरोपण


    २४ साउन २०७३ , सोमबार

    लियोमा वृक्षरोपण

    कमल रायमाझी
    भैरहवा, साउन २२ । लियो क्लब अफ सिद्धार्थनगरले फलफूलका वृक्षरोपण गरेको छ । शनिबार भैरहवाको स्थानीय मन्दिर नारायणस्थान मन्दिरमा दर्जनौँ फलफूलका बिरुवा रोपेको हो ।
    IMG_7109
    आशिष श्रेष्ठको संयोजकत्वमा गरिएको उक्त वृक्षरोपण कार्यक्रममा भैरहवा क्षेत्रको वातावरण संरक्षण तथा हराभरा भैरहवा बनाउने उद्देश्य राखिएको आयोजकले जनाए ।

    लियो क्लब अफ सिद्धार्थनगरको वर्ष ०१६÷०१७का अध्यक्ष गौतम गुप्ताले सामाजिक क्षेत्रबाट भैरहवाको विकास गर्न सके यसको मुहार फेरिने बताएका थिए ।

    फलफूल वृक्षरोपण कार्यक्रममा उपस्थित अन्य विभिन्न सामाजिक व्यक्तित्वहरुले समेत संघसंस्था खोल्नु र यसमा सहभागी हुनु ठूलो कुरा नभएको भन्दै आम समुदाय र क्षेत्रको विकासमा जसले महत्वपूर्ण भूमिका खेल्छ त्यसको मूल्याकंन समाजले सँधैभरी गरिरहने बताएका थिए ।

    कार्यक्रममा पिभिजी लायन अरुणप्रताप राणा, एमजेएफ राजेश खरेल, डिष्ट्रिक रिजन चेयर पर्सन लायन ओम श्रेष्ठ, स्पोन्सर लायन्स क्लब अफ सिद्धार्थनगरका अध्यक्ष विनोद खरेल, सिद्धार्थनगर युथका च्याप्टर प्रेसिडेन्ट अर्चित श्रेष्ठ, सिद्धार्थनगर लायन्सका फस्र्ट भिपी विजय पाण्डे, सिद्धार्थनगर युथका फस्र्ट भिपी अभिनव मयूर कसौधन, लियो क्लब अफ सिद्धार्थनगरका पाष्ट प्रेसिडेन्ट तथा लायन्स क्लब सिद्धार्थनगर युथका प्रो. लायन सुनिल सेन्चुरी, पाष्ट प्रेसिडेन्ट सौरभ श्रेष्ठ, लायन्स क्लब अफ सिद्धार्थनगर युथका सेक्रेटरी धिरज मल्लिक, क्लबका सचिव रोसन शर्मा लगायतको कार्यक्रममा उपस्थिति रहेको लियो सुभास लुईटेलले जनाए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.