logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    बाढीपहिरो पीडित प्युठानका १ सय ५ घरधुरीलाई खाद्यान्न सहयोग (फोटोफिचर)


    २७ साउन २०७३ , बिहिबार

    बाढीपहिरो पीडित प्युठानका १ सय ५ घरधुरीलाई खाद्यान्न सहयोग (फोटोफिचर)

    नरेश के.सी.
    प्युठान, साउन २७ । बाढी पहिरो पीडित प्युठानका १ सय ५ घरधुरीलाई रुपन्देहीका संघसंस्थाले खाद्यान्न सहयोग गरेका छन् ।

    Rahata distribution by Pyuthan Rupandehi (10)

    प्युठान रुपन्देही सम्पर्क मन्चको नेतृत्वमा नीमा प्रतिमान मेमोरियल हेल्थ इन्सिच्युट, सृजनशील हातहरु तथा रुपन्देहीका विभिन्न संघसंस्थाका एवं सहयोगी व्यक्तित्वबाट उठेको खाद्यान्न प्युठानमा वितरण गरिएको हो ।
    Rahata distribution by Pyuthan Rupandehi (18)
    जिल्लाको पुजा गाविसका ४० घरधुरी, अर्खाको २५ घरधुरी, रजबारा २५ घरधुरी, खुंगका ८ घरधुरी, लिवांगका ५घरधुरी र नारिकोट गाविसका २ घरपरिवारलाई खाद्यान्न सहयोग गरेको हो ।
    Rahata distribution by Pyuthan Rupandehi (16)
    उक्त संस्थाले खुंग गाविसको सालीबिसौनामा एक कार्यक्रमको आयोजना गरी ती पीडित परिवारलाई राहत वितरण गरेको हो । कार्यक्रममा प्युठान रुपन्देही सम्पर्क मन्चका अध्यक्ष लोकराज पोखरेल, सचिव बाबुराम एमसी, कोषाध्यक्ष श्याम पोखरेल, धर्म बहादुर के.सी, नरेश के.सी, चोपलाल आचार्य, जेबी क्षेत्री, गणेश जिसी, पुरन गुरुंग सहितको टिमले सालीबिसौनामा पुगी बाढीपहिरो पीडितलाई राहत प्रदान गरेका हुन् ।
    Rahata distribution by Pyuthan Rupandehi (9)
    सम्पर्क मन्चका अध्यक्ष  पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञामुराम न्यौपाने, गौमुखी उच्च माविका प्राचार्य अर्जुन बहादुर के.सी, नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य पितबहादुर एमसी, प्रतिमान नीमा मेमोरियल हेल्थ इन्सीच्युटका प्रबन्ध निर्देशक धर्म बहादुर के.सी, पुर्व राज्यमन्त्री गिरबहादुर के.सीका सुपुत्र विशाल के.सी, बाचुन के.सी लगायत  विभिन्न राजनैतिक दलका प्रतिनिधि, गाविस सचिवहरु, सुरक्षा निकायका प्रतिनिधीको रोहवरमा राहत हस्तान्तरण गरिएको हो ।
    Rahata distribution by Pyuthan Rupandehi (17)
    १ सय ५ घरधुरीलाई प्रदान गरेको उक्त राहत संकलनमा भैरहवामा सृजनसील हातहरुका सदस्य तथा अध्यक्ष रमिता थापा मगर के.सी र प्रतिमान नीमा मेमोरियल हेल्थ इन्सीच्युटका प्रिन्सीपल युवराज न्यौपाने , प्रतिमान नीमा मेमोरियल हेल्थ इन्सिच्युटका प्रबन्ध निर्देशक धर्म बहादुर के.सी, प्युठान रुपन्देही सम्पर्क मन्चका चोपलाल आचार्य, नरेश के.सी,  धर्मराज भण्डारी, कुल प्रसाद पाण्डे, दिपेन्द्र मल्ल, धर्मराज गिरी, राजेन्द्र पौडेल, बुटवलमा प्युठान रुपन्देही सम्पर्क मन्चका संस्थापक  अध्यक्ष  पदम जी.सी, वर्तमान अध्यक्ष लोकराज पोखरेल, सचिव बाबुराम एमसी, कोषाध्यक्ष श्याम पोखरेल,  सदस्यहरु जेबी क्षेत्री, गणेश जिसी, पुरन गुरुंग लगायतको सक्रियतामा राहत संकलन हुनुका साथै भैरहवाका पत्रकारहरु शम्भु पन्त र रवि पन्त, लक्ष्मी डिजिटल प्रिन्टसका दिपेन्द्र प्रधानको समेत सहयोग रहेको थियो ।
    badhipiditlai Nagad rahat (2)
    सोही कार्यक्रममा पूर्व राज्यमन्त्री गिरबहादरु के.सीका छोरा विशाल के.सीले आफ्ना स्वर्गीय पिताको सम्झनामा मृतक २४ घरधुरीलाई प्रति परिवार ५१ सयका दरले सहयोग हस्तान्तरण गरेका थिए ।

    Rahata distribution by Pyuthan Rupandehi (3) Rahata distribution by Pyuthan Rupandehi (14) Rahata distribution by Pyuthan Rupandehi (18)

    Rahata distribution by Pyuthan Rupandehi (5)

    badhipiditlai Nagad rahat (1)

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.