logo
  • १४ साउन २०८३ , बिहिबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    आयल निगमका हाकिम बलात्कार अभियोगमा पक्राउ


    ४ भाद्र २०७३ , शनिबार

    आयल निगमका हाकिम बलात्कार अभियोगमा पक्राउ

    भदौ ४    राधेश्याम विश्वकर्मा
    भैरहवा– बालिका बलात्कार प्रयासको अभियोगमा नेपाल आयल निगम  भैरहवा वितरण केन्द्रका प्रवन्धक चित्तरञ्जन दास पक्राउ परेका छन् ।
    chitta-ranjan-dash
    शुक्रबार साँझ भैरहवास्थित देवकोटा चोकमा रहेको वितरण केन्द्रकै कर्मचारी प्रकाण्ड मिश्रको डेरामा बस्न पुगेका उनले सोहि घरमा बस्दै आएकी १५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको प्रहरी स्रोतले जनाएको छ ।

    स्रोतका अनुसार कर्मचारी प्रकाण्ड ससुराली गएको भएपनि उनी एक्लै प्रकाण्डको डेरामा बस्न पुगेका थिए । डेरामा पुगेका उनले सोहि घरमा बस्दै आएकी बालिकालाई ललाई फकाई डेरामा बोलाएर बलात्कार प्रयास गरेका थिए ।

    उनले बालिकालाई जबरजस्ती गर्न थालेपछि बालिका चिच्याउँदा छिमेकीले थाहा पाई घटनास्थल पुगेका थिए भने उनीहरुले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी बुद्धिराज गुरुङले प्रवन्धक दास पक्राउ परेको पुष्टि गरे । यद्यपी उनले बालिकामाथि सामान्य हातपात भएको उजुरी प्रहरी समक्ष आइपुगेपछि उनलाई नियन्त्रणमा लिइएको बताए । तर अर्का प्रहरी अधिकारीले भने बलात्कार अभियोगमा उनलाई नियन्त्रणमा लिइएको हो ।

    प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

    आयल निगम स्रोतका अनुसार उनी केहि साता पहिलेमात्रै निगमको काठमाडौंस्थित केन्द्रीय कार्यालयमा सरुवा पाएर आउन ठीक्क परेका थिए भने त्यसका लागि रमाना पत्र बुझिसकेका थिए । गएराती समातिँदा उनी कट्टु र गन्जीमा मात्रै रहेका थिए ।

    यसअघि पनि पटक पटक विवादमा तानिँदै आएका उनले भारतले नाकाबन्दी लगाउँदा ताका पेट्रोलमा घोटाला गरेको आरोप लागेको थियो । यस्तै सो बेला जिल्ला बजार अनुमगन टोलीका साथै क्षेत्रीय नापतौल तथा गुणस्तर कार्यलयलको संयुक्त टोलीले अनुगम गर्दा पम्पमा तलमाथि गरेको पाइएपछि सिलबन्दीमा परेको थियो ।

    पछि वितरण केन्द्रमा नयाँ मेसिनको जडान गरिएपछि सिलबन्दी   खुलाइएको थियो ।

    यसैबीच उनी पक्राउ परेसँगै छुटाउनका लागि निगमका उच्च अधिकारी लागिपरेको स्रोतहरुले बताएका छन् । तर, स्थानीयले भने कुनै पनि हालतमा अभियुक्तमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.