logo
  • १४ साउन २०८३ , बिहिबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    तातोपानी र केरुङ जान नेपालीले अब भिसा लिनुपर्ने


    ८ भाद्र २०७३ , बुधबार

    तातोपानी र केरुङ जान नेपालीले अब भिसा लिनुपर्ने

    काठमाडौं, भदौ ८
    चीनको तातोपानी र केरुङ जान पनि नेपालीले अब भिसा लिनुपर्ने भएको छ।
    kerung
    सुरक्षाको कारण देखाउँदै चीनले नेपालसँगका नाकामा कडाइ सुरू गरेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

    यसअघि तातोपानी र केरुङ नाकाबाट अस्थायी सीमा पास लिएर सीमा क्षेत्रका बजार जान सकिन्थ्यो।

    तर, सीमा क्षेत्रमा तरुकरीलगायत अवैध गतिविधि बढेको भन्दै चीनले कडाइ गर्न थालेको हो ।

    केरुङ मात्र होइन, नेपालसँग प्रयोगमा नआएका अन्य नाकामा पनि चीनले सुरक्षा व्यवस्था बलियो बनाउँदै लगेको छ । तर, नेपालतर्फ भने सुरक्षा अवस्था निकै फितलो भएकाले अवैध कारोबार गर्नेलाई सहज छ ।

    भारतको नाकाबन्दी तथा तातोपानी नाका बन्द भएपछि चीनसँगका अन्य नाकाबाट तस्करीलगायत गतिविधि बढेका छन्।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.