logo
  • १३ साउन २०८३ , बुधबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    लायन्स युथद्वारा वक्तृत्वकला सम्पन्न


    ८ भाद्र २०७३ , बुधबार

    लायन्स युथद्वारा वक्तृत्वकला सम्पन्न

    गोविन्द प्रसाद गिरी
    भैरहवा, भदौ  । लायन्स क्लब अफ सिद्धार्थनगर युथद्वारा क्रमबद्ध रुपमा तेस्रो कार्यक्रम सम्पन्न भएको  छ ।

    लायन्स युथद्वारा स्थापनाकालको छोटो समयमै अधिकांश नेपाली संघसंस्थाहरु राजनीतिक र गुटगत बहसमा बढी केन्द्रित रहने परम्परा विपरीत अन्य रचनात्मक कार्यक्रममा सक्रिय यस युथले समुदायमा पृथक पहिचान स्थापित क्लबले अग्रज लायन्सहरुको भावनालाई समेत कदर गर्दै प्रथम अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता २०७३ सनसाईन उ.माविको प्राङ्गणमा सम्पन्न गरेको छ ।
    DSCN3395
    कार्यक्रमका प्रमुख अतिथि रुपन्देही जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले लायन्स क्लबहरुले सामाजिक क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै सामाजिक परिवर्तनमा लायन्सवादको महत्वपूर्ण भूमिका रहेको बताए ।
    राष्ट्रनिर्माण र समाजको सकारात्मक परिवर्तनका लागि सबै क्षेत्रबाट लायन्सको जस्तै एकताबद्ध भई लाग्न समेत जिल्ला शिक्षा अधिकारी थापाले आग्रह गरे ।

    त्यसैगरी अतिथि लायन्स डिष्ट्रिक ३२५ बी टु का एडभाइजर लायन नवराज न्यौपानेले विश्वकै सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स क्लबले गरेका काम र सामाजिक रुपान्तरण अभियानमा म सेवा गर्छु भन्ने भावका साथ सबै नेपाली अगाडि बढे देश समृद्ध हुन सक्ने भाव व्यक्त गरे ।

    वरिष्ठ पत्रकार तथा कार्यक्रमका अतिथि निर्णायक मण्डलीमा रहने निर्णायक दिलीप भट्टराईले आफ्नो घरमा चुला बाल्न विदेश जाने दैनिक १५ सय युवा र सयौँ व्यक्ति मृतक बाकसमा ल्याईने दक्ष र शिक्षित युवाहरु जसको अन्र्तराष्ट्रिय विमानस्थलमा देख्दा चिन्ता र  दुःख लाग्ने, भन्दै पैसाको लागि रगत र पसिना स्वदेशमै बगाउँदा देशको, व्यक्ति र समाजको उन्नति र प्रगति हुने सन्देश विद्यालयका विद्यार्थीमाझ व्यक्त गरे ।
    DSCN3309
    सनसाईन उ.मा.विका फाउन्डर प्रिन्सिपल ज्ञानदेव हटुवालले यस युथले सनसाईन छनोट गरेको र अन्र्तराष्ट्रिय स्तरको गौतम बुद्धको निर्माणाधीन अवस्थामा रहेको विमानस्थल र अन्र्तराष्ट्रिय नागरिकलाई व्यवस्थापन गर्न युथले विशेष भूमिका खेलोस् भन्दै तथा यस्ता कार्यक्रमहरुले विद्यार्थीको उच्च मनोबल रहने र बौद्धिक विकास हुने भावना व्यक्त गरे ।

    कमल महर्जन कार्यक्रम संयोजक रहेको उक्त कार्यक्रममा सहभागी विद्यालयहरु न्यू ईरा उ.मा.वि, सनसाइन आ.उ.मा.वि, वृहस्पति उ.मा.वि, सेन्ट जोसेफ ईङलिस् हायर सेकेन्डरी स्कूल, सहभागी रहेको कार्यक्रममा निर्णायक मण्डलीमा वरिष्ठ पत्रकार दिलीप भट्टराई, नमुना एकीकृत विकास परिषद्की अध्यक्ष ज्ञानु पौडेल, क्लबका द्वितीय उपाध्यक्ष अभिनय मयुर कसौधन रहेका थिए भने सनसाईन आ.उ.मा.वि सोही विद्यालयकी छात्रा कक्षा ११ मा अध्ययनरत निष्ठा गुरुङ पहिलो, सेन्ट जोसेफ ईङलिस् हायर सेकेन्डरी स्कूल भलबारीकी छात्रा सपना शर्मा दोस्रो हुन सफल भएका थिए ।

    वैदेशिक रोजगारमा जान ठीक÷बेठीक विषयमा गराईएको प्रतियोगितामा सनसाईन आ.उ.मा.विका छात्राले पक्षका विषयमा ह्युमन राईट कन्ट्रीको इनडिपेन्डेन्ट र फ्रि कन्ट्री भनेर हक अधिकारको व्याख्या गरेकी थिईन् भने सेन्ट जोसेफ ईङलिस् हायर सेकेन्डरी स्कूल भलबारीकी छात्रा सपना शर्मा स्वदेशी शिक्षालाई जोड दिएकी थिईन् ।

    विषयगत वस्तु भन्दा पनि सम्पूर्ण नेपालीले स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यता सम्पूर्ण व्यक्ति र विशेषमा भैदिएको भए नेपालको राजनीति र राजनेताहरु समेतलाई कटाक्ष गर्दै आफ्नो र अर्काको अपव्याख्या गर्नुपर्ने थिएन भन्दै स्वदेशी भाव व्यक्त गरेकी थिईन् ।

    क्लबका अध्यक्ष अर्चित श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा ध्वजाको अभिवादन चार्टड मेम्बर लायन सुधा कुँवर,कार्यक्रमको स्वागत मन्तव्य कार्यक्रमका कोअर्डिनेटर लायन कमल महर्जन, कार्यक्रमको संचालन फस्ट हाफ सचिव लायन धिरज मल्लिक, कार्यक्रम संचालनको सेकेन्ड हाफ सनसाइन उमाविका डाइरेक्टर अफ एकेडेमी चार्टड मेम्बर लायन निकेशदेव हटुवालले गरेका थिए ।
    DSCN3436
    लियो क्लब अफ सिद्धार्थनगरका अध्यक्ष गौतम गुप्ता, लियो डिष्ट्रिक ३२५ बी टुका उपाध्यक्ष लियो सार्दूल मयुर कसौधन सम्मिलित कार्यक्रम विजयी प्रतियोगीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण सहभागी टिमहरुलाई क्रमश डिल्लीराज भट्टराई, ज्ञानु पौडेल, अभिनय मयुर कसौधन तथा क्लबका अध्यक्षद्वारा क्रमशः वितरण गरेका थिए ।

    क्लबलाई नमुना बनाउने, भविष्यमा आफूहरुको साथ रहने र क्लबले गरेको उपलब्धिहरुको मुक्तकण्ठले प्रशंसा गर्दै अगाडि बढ्न नमुना एकीकृत विकास परिषद्की अध्यक्ष ज्ञानु पौड्यालले जानकारी दिँदै उक्त कार्यका लागि आफ्नो संस्था र व्यक्तिगत तर्फबाट सहयोग रहने भाव व्यक्त गरेकी थिईन् ।  यसबाहेक क्लबले नियमित रुपमा रक्तदान कार्यक्रम, आँखा शिविर संचालन गर्ने जमर्को गरेको छ । उक्त कार्यक्रममा क्लबका सम्पूर्ण चार्टड मेम्बरको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.