logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    ‘गोरेटो अनि’ गाउने गायक बर्देवा अब रहेनन्


    २९ भाद्र २०७३ , बुधबार

    ‘गोरेटो अनि’ गाउने गायक बर्देवा अब रहेनन्

    sunil-bardewa
    काठमाडौं, २९ भदौ । पप गायक एवम् चर्चित गिटारिष्ट सुनिल बर्देवाको निधन भएको छ । बर्देवाको मंगलबार राति शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको हो ।

    मंगलबार दिउँसो रगत बान्ता गरेपछि बर्देवालाई तत्काल शिक्षण अस्पताल महाराजगञ्ज पुगाइएको आफन्तले जनाएका छन् । काठमाडौंका स्थायी बासिन्दा बर्देवा जण्डिससम्बन्धी रोगबाट पीडित थिए ।

    नयाँ एल्वमको तयारी गरिरहेका गायक बर्देवाकी छोरी चितवनमा डेन्टिष्टको अध्ययनरत छिन् । बर्देवाका छोरा साना छन् । उनकी पत्नीको दुई वर्ष अगाडि निधन भएको थियो ।

    ‘मेट्रिक्स’ नामक ब्याण्डबाट गायन र संगीत यात्रा काम थालेका बर्देशवाले ‘जब म निद्रामा हुन्छु‘’, ‘गोरेटो अनि उस्तै छ गल्ली‘’, ‘बिहानीमा अनि साँझमा‘’ जस्ता चर्चित गीत गाएका थिए । उनी राम्रा रेकर्डिष्टका साथै एरञ्जर पनि हुन् ।

    गायक बर्देवाको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि काठमाडौंको कमलादीस्थित प्रज्ञावनमा राखिने जनाइएको छ ।

    दुई साताअघि मात्रै लोकगायक खेमराज गुरुङको पनि जण्डिसले ज्यान गएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.