logo
  • २४ कार्तिक २०८३ , सोमबार
    • ट्रेन्डिङ

    तस्करको ट्रान्जिट बन्दै रुपन्देहीका सीमा नाका


    २ असोज २०७३ , आइतबार

    तस्करको ट्रान्जिट बन्दै रुपन्देहीका सीमा नाका

    कमल रायमाझी
    भैरहवा, असोज १ । चाडबाड नजिकिँदै गर्दा सिमाक्षेत्रमा तस्करहरुले आफ्नो सक्रियतालाई व्यापकता दिने गरेका छन् ।

    जिल्लाको दक्षिणक्षेत्रमा रहेका नाकाहरुमा तस्करहरुको चहलपहल बढ्न थालेपछि भारतिय व्यापारीहरुको बिक्रिमा समेत ह्वात्तै बढेको नौतनवाका कपडा व्यापारी बृजेश जैशवाल बताउँछन् ।
    नेपाली तस्करहरुले भारतीय बजार सुनौली, नौतनवा, कोलही, भगवानपुर, बर्गदहवा, गोरखपुरबाट विभिन्न किसिमका समानहरु अवैध रुपमा बिना भन्सार नेपाल भित्राउने गरेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

    खुल्ला सिमानाको फाइदा उठाउँदै रातिको समयमा र दिउँसोमा पनि परिस्थिती हेरेर नेपाली बजारमा तस्करहरुले भारतीय सामानहरु पु¥याउने गरेका छन् । चाडबाडको बेला नेपाली बजारमा अत्याधिक माग भएका वस्तुहरु चिनी, कपडा  र किरानाका समानहरु अहिले तस्करहरुको मुख्य रोजाई हुने गरेको छ । बिना भन्सार नेपालमा ल्याईपु¥याउँदा नाफा पनि राम्रै हुने भएकाले तस्करहरुले यस्ता दैनिक उपभोग्य वस्तुहरुलाई लाइन मिलाएर नेपाल भित्राउने गरेको बताउँछन् ।
    1st-news
    यस वाहेका हार्डवेयरका सामानहरु, किरानाका अलैँची, मेसिनरी समानहरु, पानी तान्ने पम्प, मोटर पार्टसहरु , मोबिल समेत नेपाली बजारमा तस्करहरुले चोरी बाटो प्रयोग गरेर ल्याउने गरेको भैरहवाकी स्थानिय व्यापारी विष्णु न्यौपाने बताउँछिन् ।

    भारतीय कपडाहरु अहिले अवैध वाटो प्रयोग गरि पश्चिम नेपालका मुख्य व्यापारी केन्द्र बुटवल, पाल्पा, गुल्मी, पोखरा, स्याङजा, बाग्लुङ र राजधानी काठमान्डौमा सम्म पुग्ने गरेको देखिन्छ ।
    बेलहिया तथा गोरखपुरबाट भैरहवा र यसको आसपास सम्म बिना भन्सार अवैध रुपमा ल्याएका कपडा स्टोर गरी नक्कली भ्याट बिल काटी अन्य क्षेत्रमा पठाउने गरिएको  व्यापारी स्रोतले जानकारी दिएको छ ।

    उनीहरुले नक्कली भ्याट वा पान विल प्रयोग गरी ट्रान्सपोर्टको माध्यमबाट सामानहरु ढुवानी गर्ने गरेका छन् ।
    बाटोमा चेकचाँज गर्ने प्रहरीलाई नक्कली बिल बिजकले झुक्काउन सकिने भएकाले उनीहरुले यो बिल प्रयोग गर्ने गरेको पाईन्छ । ३ सय देखी ५० हजार मूल्य पर्ने विभिन्न किसिमका लेडिज कपडाहरु नेपाली बजारमा अवैध रुपमा आउने गर्दा व्यापारीहरुलाई ३० प्रतिशत भन्दा बढी नाफा हुने गर्दछ ।

    रुपन्देहीमा मुख्यतया मेउडिहवा ,भगवानपुर नाका र लुम्बिनी नाकाबाट कपडा तस्कर हुने गरेको छ भने सिमानाका बेलहियाबाट समेत प्रहरीहरुको सहयोगमा कपडा तस्करले बढावा पाएको छ ।

    बेलहिया नाकाबाट भैरहवा सम्म एउटा लाईन र बेलहिया देखी बुटवल सम्म अर्को लाईन  भन्ने कोड भाषा प्रयोग गरेर तस्करहरुले प्रहरीहरुलाई मिलाउने गरेको बताईन्छ । मासिक तथा साप्ताहिक रुपमा असुले गरेपछि कार्यक्षेत्रमा खटिने सुरक्षाकर्मी नेपाल प्रहरी र शसस्त्र प्रहरीले समेत तस्करलाई सहयोग पु¥याउने गरेका छन् ।

    वर्षात पछिको मौसममा नेपाली कुखुरा व्यवसायीहरुको अत्याधिक माग हुने कुखुराको चल्लाहरु समेत भारतीय बजारबाट अवैधरुपमा नेपाल प्रवेश गर्ने गरेको छ ।  विभिन्न  संक्रमण तथा बर्ड फ्लुको कारण पंक्षीजन्य वस्तुहरु सडक मार्गबाट नेपाल भित्राउन नेपाल सरकारले बन्द गरेको अहिलेको समयमा कुखुरा चल्ला अवैधरुपमा भित्राउने काम भने व्यापक रुपमा हुने गरेको छ ।

    नेपाली बजार भन्दा झन्डै दोब्बर मूल्य कम पर्ने तर गुणस्तरिय चल्लाहरु भारतिय बजारमा पाईने भएकाले तस्करहरुले समेत नेपाली किसानको माग ध्यानमा राखेर चल्ला तस्करलाई बढावा दिने गरेका छन् ।

    भारतिय सरकारले समेत भारतिय किसानहरुलाई  कृषिक्षेत्रमा विभिन्न सुविधा दिने गरेकाले चल्ला उत्पादनमा समेत लागत कमी आउने गरेको छ । जो सँग नेपाली किसानले उत्पादन गरेको चल्लाले प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले पनि नेपाली बजारमा भारतीय चल्लाको आयात उच्च हुने गरेको छ । तर यो अवैधरुपमा हुने गरेको नेपाल ह्याचरी संघले जनाएको छ ।

    रुपन्देहीमा अहिले वर्गदहवा, मैनहिया ,भगवानपुर ,लुम्बिनी र मर्चवार क्षेत्रवाट ठुलो परिमाणमा चल्ला तस्कर हुनेगरेको छ । भैरहवा क्षेत्रमा अहिले केउटलिय , मेउडिहवा, वेलहियाको पुर्वक्षेत्रमा रहेको बगैचा, बगाहाबाट चिनी, अलँैची तथा किरानाका सामानहरु र अवैध रुपमा तस्करहरुले नेपाल ल्याउने गरेका छन् ।

    यस्ता समानहरुको मुख्य स्टोर गर्ने केन्द्र भनेको भैरहवामा रहेको गल्लामण्डीका केही व्यवसायी फर्महरु हुन् । गल्लामण्डीमा आउने अवैध भारतीय समानहरु फरेनी, मेउडिहवा, पक्लिहवा हुँदै दुर्गा कलौनीको पश्चिम पट्टीको बाटोबाट समेत तस्करले ल्याउने गरेको प्रत्यक्ष देखिन्छ ।

    यसरी अवैध बाटोबाट आएका समानहरु गल्लामण्डीका फर्महरुले आफ्नो बिलबिजक प्रयोग गरेर अन्य पहाडी जिल्लामा पठाउने गरेका छन् ।
    खुलेयामरुपमा यसरी तस्करीलाई बढावा दिने नेपालको प्रशासनहरु कमाउ धन्दामा लाग्दा इमान्दार रुपमा काम गर्ने नेपाली व्यवसायी र नेपाली जनताहरु भने पछाडी परिरहेका छन् । नेपाल टेलिभिजनका भैरहवा सम्वाददाता शम्भु पन्तले समेत भारतीय सुनौली बजारमा पानी तान्ने मोटर किन्नका लागी मुल्य सोध्दा त्यहाँका  व्यापारीले एउटै समानको बिना भन्सार नेपाल पु¥याएको मुल्य र भारतमा नै किन्दा पर्ने मुल्य बताएका थिए ।

    सिमाक्षेत्रमा रहेका भारतिय व्यापारीहरुले खुलेयामरुपमा नेपालीले खरिद गरेको समान विना भन्सार नेपाल पु¥याईदिने ग्यारेन्टी गर्दछन् ।

    यस विषयमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायक उपरिक्षक  बेल प्रसाद पाण्डेले तस्कर नियन्त्रणमा नेपाल प्रहरी निरन्तर लागिरहेको भन्दै मातहतका युनिटहरुलाई इमान्दारपूर्वक कार्य गर्न निर्देशन दिएको बताए । उनले केही प्रहरीले प्रलोभनमा परेर तस्कर संग मिलोमतो गर्न पनि सक्ने भएकाले यसको समेत अनुगमन हुने गरेको जनाए ।

    सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय रुपन्देहीका प्रमुख शसस्त्र प्रहरी उपरिक्षक बेनु प्रसाद पाठकले समेत सिमाक्षेत्रमा खटिने आफु मातहतका सुरक्षाकर्मी लाई तस्कर नियन्त्रण र सिमाक्षेत्रको सुरक्षाका लागी प्रतिबद्धका साथ लाग्न निर्देशन दिएको बताउँदै आफु पनि लागिरहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.