लुम्बिनीखबर
भैरहवा, असोज । आधुनिक प्रविधिको प्रयोगबाट घर ढलान र सडक ढलानमा सहयोग पुग्ने उद्देश्यका साथ भैरहवामा चैतन्य रेडिमिक्स कंक्रिट उद्योग स्थापना भएको छ ।
परम्परागत रुपमा भवन तथा पुलहरु निर्माण गर्दा संरचना कमजोर र भत्किने रोगले स्थानिय स्तरमा सताईरहेको बेलामा रेडिमिक्स कंक्रिट उद्योग स्थापना भएको हो ।

भैरहवाको बसन्तपुर बेलहिया बाइपास सडक खण्डमा स्थापना गरिएको यो उद्योगले लुम्विनी अञ्चलका ४ जिल्ला रुपन्देही, नवलपरासी, कपिलवस्तु र पाल्पा सम्मका निर्माण कार्यमा सहयोग पु¥याउन सक्ने उद्योग व्यवस्थापनले जनाएको छ । करिव ८ करोड लगानीमा सञ्चालनमा आएको यो उद्योगले दक्ष प्राविधिक मार्फत ढलानको कच्चा पदार्थ निर्माण गरिने समेत दाबी गरेको छ ।
जिल्लामा ठुलो र अध्याधुनिक प्रविधियुक्त पूर्ण स्वचालित रहेको यो उद्योगको क्षमता समेत प्रतिघण्टा ४५ घनमिटर ढलाई मसला उत्पादन गर्न सक्ने क्षमता रहेको कम्पनीका प्रबन्धक निर्देशक भरत पोखरेलल जानकारी दिए ।
स्वचालिन कम्प्युटराइडयुक्त यो उद्योगबाट उत्पादन भएको ढलान मसलाबाट निर्माण गरिएको संरचनाको समेत उद्योगले पुर्ण ग्यारेण्टी दिने गरेको देखिन्छ । ३ वटा आधुनिक ट्रान्जिट मिक्चर, लोडर, आवश्यक अनुसारका ढुवानी साधनहरु, आफ्नै गोदाम र ल्याब रहेको उद्योगको स्थापनाले यस क्षेत्रका स्थानियहरुमा समेत खुसी भएका छन् ।
भैरहवा वसन्तपुर निवासी सन्त प्रसाद यादवले यो उद्योग स्थापनाले घर ढलान, बाटो र पुल निर्माणमा हुने परम्परागत शैलीको अन्त्य हुने विस्वास व्यक्त गर्दै अब गुणस्तरिय निर्माणमा आफुहरु आधुनिकतामा प्रवेश गरेको बताए । पाँच जना सञ्चालक रहेको यो उद्योगले अहिले ३० जनालाई रोजगार प्रदान गरेको उद्योगका संञ्चालक अध्यक्ष मधुसुदन आचार्यले वताए । यस उद्योगले अहिले साना, ठुला सबैखाले घरहरुको छत ढलान कार्य शुरु गरिसकेको जनाउदै उद्योग व्यवस्थापनले सडक ढलान र पुन निर्माणमा समेत माग आईरहेको जनाएको छ ।
यो उद्योगमा रहेको प्रविधि मार्फत साँघुरा गल्ली तथा सवारी साधन जान नसक्ने स्थानमा समेत ढलान मसला पठाउन सकिने व्यवस्था रहेको छ । उद्योग व्यवस्थापनले गुणस्तरियतामा कुनै किसिमको संझौता नगरिकन विकास निर्माणमा लाग्ने प्रतिबद्दता समेत व्यक्त गरेको स्थायवासीहरुले बताएका छन् । घर निर्माण कार्यमा निःशुल्क प्राविधिक सहयोग समेत उपलव्ध गराउने गरेको छ ।