logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    तीन वर्षमा २३ गाडी त्रिशूलीमा खसे


    १२ असोज २०७३ , बुधबार

    तीन वर्षमा २३ गाडी त्रिशूलीमा खसे

    trishuli-bus
    काठमाडौं, असोज १२

    पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे र उनका दुई भाइ आइतबारदेखि त्रिशूली नदीमा बेपत्ता भएका छन्। ७२ घन्टा पुग्दासम्म उनीहरूको केही पत्ता लागेको छैन। दुर्घटनामा परेर त्रिशूलीमा यात्रुहरू बेपत्ता हुने घटना यो नै पहिलो होइन।

    यस्तै दुर्घटना त्रिशूलीमा पटक–पटक हुने गरेका छन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।  प्रहरीको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा त्रिशूली नदीमा गाडी दुर्घटना हुँदा १७ जना बेपत्ता भएका छन्।

    प्रहरी प्रधान कार्यालयका अनुसार ०७३ मा मात्र नौवटा गाडी त्रिशूलीमा खसेका छन्। गत २४ भदौमा ना.३ख ६०१७ नम्बरको ट्रक पूर्वमन्त्री घिमिरे सवार जिप दुर्घटनास्थलबाटै खसेको थियो।

    चालक तथा सहचालकसहित ट्रकको हालसम्म अत्तोपत्तो छैन।

    तीन वर्षको तथ्यांकअनुसार त्रिशूलीमा खसेर ४८ जनाको मृत्यु भएको छ। ७२ जना घाइते भएका छन्। त्रिशूलीमा खसेका १७ जना अहिलेसम्म बेपत्ता छन्। ०७१ मा आठवटा र ०७२ मा पाँचवटा गाडी त्रिशूलीमा खसेका थिए।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.