logo
  • ११ साउन २०८३ , सोमबार
    • ट्रेन्डिङ
    Elumbini Khabar

    Advertisment

    SKIP THIS

    फोन र नेटमा नेपालीको खर्च एक खर्ब


    १२ असोज २०७३ , बुधबार

    फोन र नेटमा नेपालीको खर्च एक खर्ब

    free_call
    काठमाडौं, असोज १२

    नेपालीले दूरसञ्चार सेवा उपभोगका लागि वार्षिक एक खर्ब रुपैयाँ खर्च गर्ने गरेका छन्।

    उनीहरूले फोन गर्न तथा इन्टरनेट चलाउन यो रकम खर्च गरेका हुन्। नेपालमा दूरसञ्चार सेवा सञ्चालनरत कम्पनीले अघिल्लो आवमा सेवा बिक्रीबापत एक खर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको दूरसञ्चार प्राधिकरणको तथ्यांक छ।

    सेवाप्रदायकको सेवा बिक्रीबापतको आम्दानी नै उपभोक्ताको खर्च हो। सेवाप्रदायकको आम्दानीका आधारमा नेपालीले फोन तथा इन्टरनेट सेवा उपभोगमा करिब एक खर्ब रुपैयाँ खर्चिने देखिएको दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले बताए।

    प्राधिकरणका अनुसार आर्थिक वर्ष ०७१(७२ मा सेवा सञ्चालनरत ४१ कम्पनीले कुल ९९ अर्ब दुई करोड ५५ लाख रुपैयाँ आम्दानी गरेका थिए।

    अघिल्लो आर्थिक वर्ष ०७०(७१ मा दूरसञ्चार कम्पनीले कुल ९२ अर्ब ८८ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेका थिए।

    नेपालमा दूरसञ्चारको बजार आगामी तीन वर्षसम्म १० प्रतिशतका दरले वृद्धि हुने प्राधिकरणले जनाएको छ। प्राधिकरणले गरेको अध्ययनले आगामी तीन वर्षसम्म १० प्रतिशतको वृद्धिदर हुने र त्यसपछि वृद्धिदर कम हुँदै जाने देखिएको अध्यक्ष झाले बताए। ‘अघिल्लो वर्ष ९२ अर्ब रहेको बजार अहिले एक खर्ब रुपैयाँमा पुगेको छ,’ उनले भने, ‘तीन वर्षसम्म यही वृद्धिदर कायम हुने देखिएको छ।’
    dataa
    दूरसञ्चारको बजार कुल गार्हस्थ उत्पादन (जिडिपी)को आकारको साढे चार प्रतिशतको हाराहारीमा पुगेको छ। अहिले मुलुकको कुल ग्राहस्थ उत्पादन (जिडिपी)को आकार २२ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ। सेवाप्रदायकको आम्दानीलाई आधार मान्दा दूरसञ्चार बजार जिडिपीको करिब साढे चार प्रतिशत पुगेको छ। सेवा प्रदायकले गर्ने अन्य आम्दानीलाई समेत जोड्दा यो रकम अझ बढी हुने प्राधिकरण अध्यक्ष झा बताउँछन्।

    नेपालको सूचना प्रविधिले कुल गार्हस्थ उत्पादन (जिडिपी)मा ठूलो योगदान दिइरहेको वरिष्ठ आइसिटीविज्ञ मनोहर भट्टराई बताउँछन्।

    दूरसञ्चार प्राधिकरणका अनुसार मुलुकका आधाभन्दा बढी जनसंख्या इन्टरनेटको पहुँचमा जोडिएका छन्। साउन ०७३ सम्ममा नेपालका ५१ दशमलव ६८ प्रतिशत जनता इन्टरनेटको पहुँचमा पुगेको प्राधिकरणको तथ्यांक छ। प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले एक करोड ३५ लाख ३९ हजारजना नेपाली इन्टरनेटको पहुँचमा पुगेका छन्।

    सरकारले ब्रोडब्यान्ड इन्टरनेट विस्तारको नीति लिएसँगै यसको पहुँच तथा प्रयोग बढ्दै गएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद आर्याल बताउँछन्। जनसंख्याभन्दा बढी सिम–लाइन बिक्री मुलुकको कुल जनसंख्याभन्दा बढी मोबाइलको सिम तथा फोनको लाइन बिक्री भएको प्राधिकरणको तथ्यांक छ।

    प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार टेलिकम कम्पनीले हालसम्म तीन करोड ११ लाख १९ हजार थान सिम–लाइन बिक्री गरेका छन्। यद्यपि, ७० प्रतिशत जनता मात्रै टेलिफोनको पहुँचमा पुगेको हुनसक्ने प्राधिकरणका अधिकारी बताउँछन्।

    अन्तर्रा्ष्ट्रिय दूरसञ्चार संगठन (आइटियू) अन्तर्गतको ब्रोडब्यान्ड कमिसनले ब्रोडब्यान्ड शुल्क प्रतिव्यक्ति आयको पाँच प्रतिशतभन्दा बढी हुनुहुँदैन भनेको छ।

    हाम्रो देशले पनि यसलाई स्विकारेको छ। तर, हाम्रो देशमा ब्रोडब्यान्ड सेवा शुल्क आइटियूमा कबुल गरेभन्दा निकै महँगो छ। नेपालीले वार्षिक १५ हजार रुपैयाँ ब्रोडब्यान्ड इन्टरनेटमा खर्च गर्छन्। यो प्रतिव्यक्ति आयको २० प्रतिशत हो। हाल नेपालीको प्रतिव्यक्ति आय सात सय २१ डलर (करिब ७० हजार रुपैयाँ) रहेको छ। विश्वका मानिसले प्रतिव्यक्ति आयको सरदर पाँच प्रतिशत रकम इन्टरनेट प्रयोगमा खर्च गर्छन्। दूरसञ्चार प्राधिकरण र सेवाप्रदायकले  ब्रोडब्यान्ड शुल्क कम गर्न पहल गर्नुपर्छ। यसका लागि नीति बनाउने, पूर्वाधार विकास गर्ने, नेवटर्क विस्तार गर्ने, लोकल कन्टेन्ट डेभलप गर्नेलगायत काम गर्नुपर्छ।आजको नयाँ पत्रिकामा खबर छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.