नरेश के.सी
लुम्बिनी, असोज २३ । नेपालीहरुको महान चाड दशैंको पर्व सबैको घर आगनमा भित्री सकेको छ । पहाडका पार्टि पौवा र सडकहरु सफा भइरहेका छन् । दशैंकोलागी आज अष्ठमीको दिन कोटहरुमा नियमित पुजा पाठ तथा बली चढिरहेको छ । लिंगे र चर्खे पींगमा सबै रमाइरहेका छन् भने सबैको घरको कुनामा जमारा पहेलपुर भएर हुर्किदैं छ । परदेशीएकाहरु घर फर्किरहेका छन् । नाचगान र विभिन्न खेलकुद तथा सास्कृतिक कार्यक्रम भइरहेका छन् । दशैं ठूलाबडा देखी साना नानीबाबुहरुकोलागी सम्म खुसीको पर्व बनेर पहाडका कुना कन्दारामा प्रवेश गरिसकेको छ ।

Naresh K.C
चारैतिर रमाइलो घमाइलो छाइरहेको छ । मौसम पनि न गर्मि र नत जाडोको, ठीक्कको छ । यस्तो बेलामा हरियाली पहाडको छेऊ छाऊमा भएका घरहरु रंगीचंगी भएका छन् । रातो माटो, सेतो कमेरो र कालो माटो गरी तिन रंगी माटोले घरहरु रंगाइएका छन् । खेतहरुमा धान झुलेर पहेलपुर भएका छन् भने चराचुरींगींहरुको लर्को र मालचरीको धुईरोले सबैलाई मोहित तुल्याएको छ । पाकेर पटपटी फुटेका काक्राको अचार, गीठाका अचार अनि सेल र विभिन्न प्रकारका रोटी तथा केराको परिकार बनाउन सबैलाई भ्याइनभ्याई छ । मेरो जन्म स्थल प्युठान पुजामा अहिले दसैंको बेग्लै रौनकता छ । झिमरुकसंगै जोडिएको कुरीलाचौंरको खेतमाथीको घरमा जत्ति रमाइलो छ त्यो भन्दा बेसी हाम्रो मुख्य घर नयांघर अझै रौनकता छ । झिमरुकको खोलाको कलकलाउदौं पानीको माछा सगै कोड्काको डाडोंमा नाचिने धुर्कुटे सरायंनाच होस् वा स्थानिय सरायं नाच सबैको लोभलाग्दो थियो । अहिले त्यो क्रमशः हराएर गएको छ । रजबाराको सरायं नाचले सास्कृतिक जर्गेनामा ठूलो टेवा दिएको छ ।
आफु भन्दा मान्यजनबाट दशैंको दिन टिका थापेपछि सरायनांच खेलेर यो पर्व धुमधामका साथ मनाउने गरिन्छ । वर्षभरीको दुखः विर्सेर खुसीका साथ मनाउने यो पर्व मनाउन अहिले रोजगारीको शिलसीलामा होस वा व्यापारको सिलसीलामा शहर छिरेका हरु गाऊ फीरीरहेका छन् । विदेशीएकाहरु फर्किरहेका छन् । आफन्तहरुमा खुसीको लहड छ । गाऊ फर्किनेकोलागी झारामा भिरको बाटो पनि खनेर सम्माइएको छ ।
तर वर्षमा ३ सय ६० दिन भरीभराऊ र भीडभाड हुने शहर अहिले सुनसान छ । शहरमा अहिले सन्नाटा छाएको छ । शहरमा दशैं नभित्रिएको होइन तर केबल घर घरमै सीमित छ । जबकी गाऊमा दर्शै पुरै गाऊमय हुन्छ । गाऊमा को आयो को गयो भन्नेदेखी सबैसंग भलाकुसरी हुन्छ । तर शहरमा दशैं सुनसान छ । ४५ प्रतिशत भन्दा शहरका मान्छेहरु आफ्नो पुख्र्यौली थलो पहाडमा दसै मनाउन फर्किएका छन् । शहरमा अहिले सुरक्षाकर्मिहरुको मात्रै लर्को छ । शहरका एकाथरी मान्छेहरु घरभित्रै तास खेल्ने र खानपीनमा मस्त छन् । भने अर्कोतिर शहर खाली भएको मौका छोपी चौका हान्न पाइन्छ की भन्ने दाऊमा छन् । बजार सुनसान छ । होटलहरु पनि सुनसान छन् । गाडीहरु कताकति मात्रै चलिरहेका छन् । तर सुरक्षाकर्मिहरु भने चौंकचौंकमा ती रीत्ता घरहरुको सुरक्षा दिइरहेका छन् ।
हामीले महान चाड पर्वको रुपमा दसैलाई लिएको हुनाले यसको गरिमा बढाउन शहरदेखी गाऊ सम्म जोडन् सक्नुपर्दछ । जसरी पहाडमा धुमधामका साथ मनाइन्छ त्यसैगरी त्यसको महत्व शहरमा पनि दिन सक्नु पर्दछ । किनकी नास्तीक र आस्तीकहरु सबै बसको छतमा ८ घन्टा झुन्डिएर पनि दशै मनाउन पहाडमा जान चाहन्छन् त्यसको अर्थ महत्व हो ।
कसैले भनेको सुन्याथे , साला पहाडमा के छ ? यो दशैंको बेला हेर्दा, देखिन्छ पहाडमा सब थोक छ । तराई र मधेसमा भन्दा आत्मीयता छ । आस्था छ , विश्वास छ । तर पनि विकासको कमी छ । दर्शैको अर्कोदिन पछि जर्जर र निरश छ । पहाडका दूई तल्ले , तीनतल्ले घर छाडेर शहरको सानो कोठामा बस्नेहरुको शहरफीर्तिको लहड हुन्छ । गाऊको प्राकृतिक सौन्दर्याता, हावा मात्रै नभएर टारी र फाटको लामे र मार्सी चामलको भात, मकैं , फापर गहूंको रोटी, तामा र आलुको तीउन छाडेर फेरी शहरमै झर्नुको तुक छ किनकी संसार स्वार्थीछ । अहिले गाऊतिर गएको भीड ३ दिनमै शहर फर्किन्छ । अनि फेरी ठेलमठेलमा उत्रीन्छ । केही पढेलेखेकाहरु दसैको खुराक भन्दै २, ४ किताब किनेर पढ्नमा व्यस्त छन् । केही मासु र रक्सीका पारखीहरु २, ४ जना जम्मा भई खानपीनमै मस्त छन् । केही साथीहरु तास खेल्नमा अभ्यस्त छन भने शहरका धेरैजसोहरु भारत वा विदेश भ्रमणमा लागीसकेका छन् । सामाजिक सन्जाल फेसबुक र टिवटबाट को कहां छ भनेर थाहां हुने भएता पनि टेलिकमको नेटवर्कको कमजोरीको कारण पहाडका स्टाटस खासै अपडेट हुन सकेका छै्रनन । तर पनि को कहां छ यो दशैंमा भनेर शहर छाडी जानेहरुले सामाजिक सन्जालमा लेखेर सूचित गरेका छन् । मैले सूचना नै नदिई यो पालीको दसैमा शहरको कुनामै बसेर नियालीरहेको छु । उहिलको दसै र अहिलेको दसैमा के भिन्नता छ ? दसै कसकोलागी दशैं बन्ला कसकोलागी दसा ?