लुम्बिनी, असोज २३ । दशैंको लागी रुपन्देहीको बेलहिया नाकाबाट १ लाख र कृष्ण नगर नाकाबाट डेढ लाख खसीबोका नेपाल भित्रीएका छन् ।
खसीबोकाको हिसाब किताब राख्ने क्वाराइन्टाइन कार्यलयको रेकर्डमा असार मसान्त सम्म ९२ हजार ६ सय ५६ खसीबोका भित्रिएका थिए । साउन यता दशैं विदा हुनुभन्दा अगाडी सम्म १५ हजार ७१ थप खसीबोका भित्रिएको बेलहिया क्वाराइन्टाइन इन्चार्ज डा. प्रवेज शर्माले दिएको जानकारी दिए ।
यसैगरी कृष्णनगरनाकाबाट असार सम्म १ लाख ४७ हजार ९ सय ८९ भित्रिएको तथ्यांक छ भने साउन देखी असोज १७ सम्म ४२ हजार ३ सय ४१ भित्रिएको कृष्णनगर क्वाराइन्टाइनका प्रमुख डा. अखलेश्वर पाण्डे बताउंछन् ।
कृष्णनगर र बेलहिया स्थित क्वारान्टाइनको तथ्यांकमा सो संख्यामा खसी बोका भित्रीएता पनि सोही तथ्यांकको बराबर अबैध रुपमा भित्रीएको स्रोतको दाबी छ । क्वाराइन्टाइन माफर्त भित्रीएका मासु जन्य खसी बोकाको सामन्य स्वस्थ परिक्षण हुने गर्दछ पाल्नकोलागी लानेको डिपीआर भ्याक्सीन लगाउने गरिन्छ । यो समयमा भित्रीएका सबै खसी बोका मासुको प्रयोजनकोलागी भित्रीने गरेका छन् । व्यवसायीले खसीबोका संगै बाख्रा पनि मिसाएर ल्याउने गरेको स्रोत बताउंछन । बेलहिया नाकाबाट कुरेशी सप्लायर्स र न्यू कुरेशी सप्लायर्सले खसीबोका मुख्य रुपमा आयत गरिरहेका छन् भने कृष्णनगरनाकाबाट सलीन सप्लायर्स, मकसुद सप्लायर्स र सुपर चौपाया सप्लायर्सले मुख्य काम गरिरहेको बुझिएको छ ।
यसैबीच दशैंको अवसरमा सरकारले सरकारी विदा दिएको मौका छोपी सीमावर्ति क्षेत्रमा कुखुराको चल्लाको तस्करी गर्नेहरुको लर्को नै लाग्ने गरेको छ । सबै निकाय दशैं मनाउन व्यस्त भएको बेला तस्कहरु भने सीमा क्षेत्रमा दौडधुपमा व्यस्त देखिएका छन् । प्रहरी र शसस्त्र प्रहरीको सेटिंगमा उक्त काम भइरहेको बुझिएको छ ।