नवलपरासी, २३ असोज । नवलपरासीक मुसलमान समुदायले पनि दसैँका अवसरमा शुभकामना आदानप्रदान गरेका छन ।
कावासोती कोइलापानीमा बस्ने सो समुदायले पिस सेन्टर नेपाल तथा कोइलापानी मुस्लिम समाजको आयोजनामा भएको कार्यक्रममा बडादसैँ, तिहार र छठका अवसरमा शुभकामना आदानप्रदान गरेको हो ।
कार्यक्रममा प्रहरी निरीक्षक हरिप्रसाद बिसी, पिस सेन्टरका महासचिव जौन उदिन मियाँ लगायत यस क्षेत्रमा रहेका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, बुद्धिजीवी, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।
सो अवसरमा विश्व हिन्दू महासङ्घका केन्द्रीय सदस्य नन्दप्रसाद अर्यालले मुसलमान समुदायले समेत दसैँमा देखाएको चासोप्रति खुसी व्यक्त गर्दै यसबाट सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने बताएका छन । नवलपरासीमा मुसलमान समुदायले दसैँको शुभकामना कार्यक्रम गरेका छन । रासस