logo
  • ६ असोज २०८३ , मंगलबार
    • ट्रेन्डिङ

    विजयादशमी, टीकाको उत्तम साइत ८।४५ बजे


    २५ असोज २०७३ , मंगलबार

    विजयादशमी, टीकाको उत्तम साइत ८।४५ बजे

     

    पाल्पा ( बल्ढेङगढी)
    । नेपालीहरूको महान सांस्कृतिक पर्व बडादशैंको आज टीकाको दिन हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार टीकाको उत्तम साइत बिहान ८ बजेर ४५ मनेटमा परेको छ । तर, दिनभरि नै टीका लगाउन साइत हेरिरहनुपर्दैन ।

    dsc00929

    असत्यमाथि सत्य र आशुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमीको दिनलाई बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन मानिन्छ ।

    पञ्चाङ्ग निर्णायक समितिका अनुसार देवी विसर्जनको साइत बिहान ८ बजेर २५ मिनेटमा रहेको छ । भने टीका प्रसाद ग्रहण गर्ने साइत ८ बजेर ४५ मिनेटमा उत्तम रहेको समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा.डा रामचन्द्र गौतमको भनाइ छ ।

    dsc00934

    आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा ग्रहण गरेर मनाउने गरिन्छ ।

    विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने गौतमको भनाइ छ ।

    आफ्ना मान्यजनहरूबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा घटस्थापनामा राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकस्वरूप लगाउने गरिन्छ ।

    जमराले विभिन्न रोगव्याधमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको गौतम बताउँछन् ।

    घटस्थापनाका दिन स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरी आज मान्यजनबाट टीका र प्रसाद लगाउने गरिन्छ ।

    त्रेतायुगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीकको रुप लिएका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।

    dsc00948

    दसैँ घर तथा पूजा कोठामा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवी पूजा विसर्जन गरी निकालेपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट टीका र जमरा लगाइन्छ ।
    आजको दिन गुरु पुरोहित, हजुरबा हजुरआमा, बा आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने चलन छ ।

    आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने प्रचलन छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.