logo
  • २३ कार्तिक २०८३ , आइतबार
    • ट्रेन्डिङ

    नहरको निर्माण रोकिदिएपछि भारत र चीनका सेना आमनेसामने


    १९ कार्तिक २०७३ , शुक्रबार

    नहरको निर्माण रोकिदिएपछि भारत र चीनका सेना आमनेसामने

    नयाँदिल्ली – चिनियाँ सैनिकले बुधवार लाइन अफ कन्ट्रोल (एलओसी) नजिकै भारतीय भूमितर्फ बनाइरहेको नहरको काम रोकिदिएको छ ।

    चिनियाँ सेनाले नहरको निर्माणकार्य रोकिदिएपछि त्यहाँ भारत(तिब्बत सीमा पुलिस पुगेको छ । उनीहरुले चिनियाँ सैनिकलाई आफ्नो सीमाबाट फिर्ता जान आग्रह गरिरहेका छन् ।

     

    indian-army-at-china-and-india-border

    भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार कयौं घन्टासम्म भारतका ७० जना र चीनका ५५ जना सैनिक आमने(सामने भएका थिए । भारतीय सेनाले भने यस्तो घटनाको इन्कार गर्दै यसलाई नियमित रुटिनको मामिलाको संज्ञा दिएको थियो ।

    द हिन्दुले लेखेको समाचार अनुसार चिनियाँ सैनिकले भारतीयपक्षलाई त्यो क्षेत्रमा पूर्वाधार बनाउनुअघि आफूहरुको अनुमति लिन जरुरी रहेको बताएको थियो ।

    यी दुई देशबीच सीमाक्षेत्रमा सैन्य पूर्वाधार निर्माण गर्दा सूचना आदानप्रदान गर्ने सम्झौता भएको थियो । बुधवारको घटनामा दुबै देशका सैनिकले झन्डा लगाएर पोजिशन लिएका थिए । भारतीय जवानले त्यसक्रममा चिनियाँ सैनिकलाई त्यहाँ भन्दा अघि नबढ्न पनि सचेत गराएका समाचार सार्वजनिक भएको छ ।

    १९ जुलाईमा उत्तराखण्डको चमोलीमा पनि चिनियाँ सैनिकले भारतले बनाइरहेको नहरको काम रोकिदिएको थियो । त्यो बेला भारतीय

    सन् २०१४ मा पनि लद्दाखको निलुङ्ग नालाको काम चिनियाँ सैनिकले मजदुरका टेन्ट भत्काइदिएका थिए ।

    भारत र चीन बीच विवादित इलाका ४ हजार किलोमिटरको रहेको छ । तर चीनले भने विवादित सीमाक्षेत्र केबल २ हजार किलोमिटर मात्रै रहेको दाबी गरेको छ ।कारोबार दैनिक

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.